नेबिसंघ एकाउन् वर्षमा

आर्थिक सञ्जाल वैशाख ६, २०७७ शनिबार
काठमाडौं । नेबिसंघ एकाउन् वर्षमा नेपाली बिधार्थीहरुको हक, हित र अधिकारको साथै देशको शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गरि सबैको लागि शिक्षा प्रदान गर्ने र गराउने महान उद्देश्य लिई स्थापना भएको नेपाल बिधार्थी संघले आज बैशाख ६ गते आफ्नो स्थापनाको ५० औं बर्ष पुरा गरि ५१ औ बर्षमा प्रवेश गरेको छ ।
यस सुखद उपलक्ष्यमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एक विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण बिधार्थी भाईबैनीहरुलाई हार्दिक शुभकामना व्यक्त गरेक छिन् ।
गौरवशाली ईतिहास बोकेको नेपाल बिधार्थी संघले प्रजातन्त्रको लागि आज सम्म भएका सम्पूर्ण आन्दोलन तथा जनआन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेलेको छ । नेविसंघको सक्रियता, भूमिका र नेतृत्व बिना नेपालको प्रजातान्त्रिक आन्दोलन सफल हुने थिएन ।
देशमा लोकतन्त्र स्थापनार्थ भएका आन्दोलनहरुमा ने.वि.संघका होनाहार बिधार्थी नेताहरुले सहादत प्राप्त गरेका छन् । ति शहिदहरुप्रति कोइरालाले हार्दिक श्रदान्जली ब्यक्त गर्दै नेविसंघले हिजोको दिनमा देशमा लोकतन्त्र स्थापनाको लागि र शैक्षिक क्षेत्र बिकासको लागि जुन भूमिका खेलेको छ ।
आगामी दिनमा पनि देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको पहरेदार भई समयानुकुल शिक्षा प्राप्ति गर्ने गराउने साथै राष्ट्र निर्माणको लागि हरेक क्षेत्रमा आफ्नो दक्षता, सिप र ज्ञानको प्रयोग गरि देशलाई समृद्द बनाउने कार्यमा आफूलाई सर्मपित गराउनेछ भन्ने बिश्वास लिएको छबताएकी छिन ।
हाल देश कोरना भाईरसका कारण लकडाउन को अबस्थामा रहेकोले यस बिषम परिस्थीतिमा अप्ठ्यारोमा परेका विधार्थीहरूलाई सहयोग गर्न समेत ने.वि.संघलाई सुजताले अनुरोध गरेकी छिन् ।