stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फागुन र चैतको महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ६, २०७७ शनिबार

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल वैशाखभित्रै तिरेमा जरिवाना नलाग्ने व्यवस्था भएकाे छ ।

निर्धारित समय भित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार फागुन र चैत महिनाको महसुल वैशाख भित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको बताइएकाे छ ।

मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा बिलम्ब बापत लाग्ने जरिबाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो । त्यही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको गएको चैत २५ गतेको आठ सय ३० औँ बैठकले जरिबाना छुट दिने निर्णय गरेको थियो ।

मन्त्री पुनले अनलाइनबाट तिर्न सक्नेले महसुल तिरेर प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

 

प्राधिकरणले चैत र वैशाखको महसुल आउँदो त्र थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा बिलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले ग्राहस्थ्य (सामुदायिक समेत) वर्गका एक सय ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत्र र यही वैशाखको बिलको इनर्जी शुल्क (न्युनतम शुल्क बाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

 

prabhu mahalaxmi
kumari