stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना नियन्त्रणमा लव्ध प्रतिष्ठित लागौं

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

भाष्करराज राजकर्णिकार –

कोरोनाको अप्ठ्यारो अवस्थामा सबैजना सम्भबत घरमा धेरै समय बिताउदै छौ । हामी जस्तो संचारकर्ममा हुने मान्छेहरु पनि आफ्नो कर्म गर्दा गर्दै पनि घरमा बडी समय रहने गरेकाछौ ।

तर साधारणतया अहिले पनि हामी १० घण्टा कार्य छेत्रमा नै छौ । जब जब चाडबाडको रमाइलो होस् , घर परिबारले खोज्ने समय वा आफु र अफ्नोलाई संग हुनुपर्ने समयमा हामी ‘ कर्म ‘ लाइ नै प्राथमिकता दिनुपर्ने दायित्व निर्बाहमा नै हुन्छौ ।

तिबेला मैले अनुभब गरेको एउटा कति यथार्थ के हो भने मान्छेको खास पहिचान यस्तै अबस्थामा हुदो रहेछ । सम्भबत मानबिय सम्बेदनशिलता अनि यति विषम परिस्थिति शायद हाम्रो जिबनकालमा अर्को यो भन्दा विषम नहोला । तर यस्तो अबस्थामा पनि मानिसहरु आफ्नो लोभ , लाभ , अनि व्यक्तिगत स्वार्थ , अनाबश्यक प्रतिस्पर्धा अनि तेरो मेरो , म ठुलो कि त ठुलोमा जसरी अहिले पनि जसरी लागिरहेका छन् ।

लाग्छ , मान्छेको मनमा समबेदना , करुणा , दया भन्ने मानबिय चरित्र नै हराइसकेका छन् । हुने खाने र हुदा खाने समाजका दुइ वर्ग हाम्रो समाजको पनि कटु यथार्थ हो ।

हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको ‘ कटु सत्य ‘ हो यो , जतिसुकै समाजबादी सिद्धान्त बोकेको मान्छेहरुले पनि आफ्नो वरिओअरि यसलाई ‘ फल्न फुल्न ‘ दिएकै छन् हाम्रो समाजमा ! तर इतिहासकै यस्तो घडीमा पनि हामी हामीले आ -आफ्नो ठाउँ बाट गर्नसक्ने कुरा बाट नै किन बिमुख भैरहेका छन् हाम्रा ‘ हुनेखाने वर्ग ‘ ? के साँचै हाम्रो समाज र देशको क्षमता नै यति नै हो त ?

यदि हाम्रो समाजका लब्ध , प्रतिष्ठित बर्गहरु अगाडी नआउने हो भने ‘ कोरोनको कहर ‘ बाट बिजय हाशिल गर्न गाह्रो हुनेछ । सरकार एक्लैले यो समस्या साचै भयाबह भए लड्न गाह्रो छ र एउटा ‘ सत्य ‘ यहि हो अवस्था हामीले सोचे जस्तो ‘ सहज र सरल ‘ पक्कै छैन । इति श्री !!

IME Lifesidebar
kumari