stcnepal long ad
national life

लकडाउन उल्लघंन गर्ने १९६० जना नियन्त्रणमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ५ सय ४१ महिला सहित  १९ सय ६०  जनालाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  २ सय ६६ वटा दुई पाङ्ग्रे र १० वटा चारपाङग्रे गरी २ सय ७६ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौँबाट सबैभन्दा बढि १७ सय ८६ जनालाई नियन्त्रणमा लिएको छ ।

यसै गरी ललितपुरबाट १ सय ६० र भक्तपुरबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नु भयो ।

gold
kumari bank
kumari
nawakantipur long