stcnepal long ad
global ime bank long

सामाजिक सदभाव र नेपाली एकताको विकल्प

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

मोहम्मद निजामुद्दीन–

बहुभाषिक , बहुधार्मिक ,बहुसांस्कृतिक संसारका लागि एकताको मिशाल हो। यो पहिचान माथी खेलवाड गर्ने जो सुकै होस उ देशद्रोही हुन। देश भित्र जो जहाँ बसेका भएनी राष्ट्र हितका लागि एकताको सुत्रधार बन्न सक्नु पर्ने बेलामा विभिन्न खाले सदभाव बिथोलिने जस्ता कुराहरु सामाजिक संजाल मा लेख्नु लेखाउनु सरासर अन्यायपूर्ण हुन्छ सन्दर्भ ( दिल्लीको मरकज निजामुद्दिनको “तब्लिग ए जमात ” ) बाट जमातमा हिंडेका जमातीबाट भाइरस फैलाइयो भन्ने भ्रामक भारतीय समाचारबाट प्रसार भइ रहेको र त्यसैको देखासिखी केही त्यस्तै प्रचार प्रसारहरु केही अबुझ अज्ञानिहरुबाट नेपालमा पनि भएको हेर्दा र पढदा दुख लागेको छ ।

जगरनाथपुर बाराका गाउँपालिका प्रमुख “जालिम मुखिया “बाट दुई सय जना मानिस भारत छिराएर भाइरस फैलाइयो भनेर प्रचार प्रसार केही भारतिय मिडिया र त्यसैलाई आधार बनाएर आफ्नै देशका केही मिडियाले प्रसार समेत गर्नु आजको यो त्रासदिपुर्ण अवस्थामा एकदमै गैर जिम्मेवारीपुर्ण कार्य भएको छ ।  यस्तो मिथ्या समाचार प्रती मेरो घोर आपत्ती छ र म घोर भत्सर्ना गर्दछु ,

भ्रामक समाचार सम्प्रेषण गर्ने वा गराउने तर्फ सरकारको निगरानी हुनु जरुरी छ ।  नेपाल भित्र सदियौं देखि भाषिक,धार्मिक सांस्कृतिक एकता कायम छ र रहने छ । सामाजिक सद्भाव खलबल्याउने कार्य र सोंच राख्ने जो सुकै भएनी त्यस माथी सरकार बाटै हदै सम्मको कारवाही हुनु पर्दछ भन्ने मेरो मान्यता हो र राष्ट्रहित चाहने सबैको चाहना पनि यहि नै हुन्छ मलाइ विश्वास छ ।

जमातीहरुको बसाइ कहिं जांदा कसैको घरमा हुंदैन उनीहरुलाई आफ्नो घरबाट जमात अर्थात “धर्मज्ञान” को लागि बाहिर निक्ली सके पछि तोकियेको समय सम्म जहाँ गए पनि मस्जिद मै बस्ने आफै पकाएर खाने गर्दछन तसर्थ कुनै पनि जमाती हालको लकडाउनले गर्दा आ–आफ्नो घर वा देश फर्कन सकेका छैनन भने तिनी हरु मस्जिद मै बसेको देख्नु भयो भने उनिहरु लुकेर बसेको भनि भ्रामक संदेश नफैलाउन समेत सम्बन्धित ठाउँका ब्यक्तीहरु , मिडियाका साथीहरु ,प्रशासनका सबै जिम्मेवार हरु संग मेरो विनम्र आग्रह छ ।

कुनै पनि चिज या कुरा बिगार्न क्षणिक समय लाग्दछ तर बनाउन र जोडन धेरै गार्हो र धेरै समय लाग्ने भएकोले बनाउन र जोडन मा एकताबद्ध भएर केन्दृत हुन समेत आग्रह गर्दछु ।

IME Lifesidebar
kumari