भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको आठौँ वार्षिक साधारणसभा मंसिर ३ गते
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आठौँ वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले शेयरधनीलाई कर कट्टी गर्नुअघि कुल ७ करोड ४ लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये ०.१८४२ प्रतिशत अर्थात् ३५ लाख २३ हजार २६ रुपैयाँ ३२ पैसा कर प्रयोजनका लागि छुट्याइनेछ। बाँकी रकम प्रचलित कानुनअनुसार कर कट्टी गरी शेयरधनीलाई वितरण गरिनेछ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। त्यस्तै आर्थिक वर्ष २०८३र८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय गरिनेछ।
साधारणसभामा सहभागी हुन योग्य शेयरधनी निर्धारण गर्न कम्पनीले कात्तिक १६ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। कात्तिक १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई राफसाफ तथा शेयरधनी दर्ता किताबमा अद्यावधिक भएका शेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन्।
कम्पनीको साधारणसभा आगामी मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा बिहान ९ बजे बस्नेछ।






















