सेयर बजार र भावी मौद्रिक नीतिले समेटनुपर्ने विषय
करिव ३२०० हाराहारी पुगेको नेप्से परिसूचक १० महिनाको समयावधिमा नै २००० अंकको लाइनमा ओरालो झरेको छ। गत २०७८ भदौ २२ गते नेप्से परिसूचक ३१९८.६० हुँदा २१ अर्ब ६४ करोड रूपैयाँ बराबरको कारोबार भएको थियो।
गत बिहिवार नेप्से परिसूचकमा ३४.३० अंकको गिरावट हुँदा बजार २०७८.७० मा बन्द भएको छ। त्यस्तै सो दिन बजारमा एक अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचकमा झन्डै ११०० अंकमा झर्नुको प्रमुख कारण नै ४ करोड–१२ करोड कर्जाको नीति रहेको लगानीकर्ता, ब्रोकर, मर्चेन्टका साथै अन्य बजार जानकारहरुले बताउँदै आएका छन्।
नेपाल राष्ट्र बैंकले जारी गरेको उक्त नीति खारेज गर्ने माग सहित लगानीकर्ताहरु संगठित भएर आन्दोलन समेत गरेका थिए। तर, लगानीकर्ताको उक्त आन्दोलन बालुवामा पानी हालेसरह भएको देखियो।
निरज रञ्जित
निरन्तर बढ्दो क्रममा रहेको नेपाली सेयर बजारमा नेपाल राष्ट्र बैंकले २०७८/०७९ मा ल्याएको मौद्रिक नीति नै ‘रेड फ्ल्याग’ बन्न पुगेको छ। मौद्रिक नीतिको बुँदा नं. ११० मा उल्लेखित विषयले बढ्दो क्रममा रहेको बजारलाई ब्रेक लाउने काम गरेको छ ।
मौद्रिक नीतिको बुँदा नं. ११० मा ‘बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँमात्र लिन पाइने व्यवस्था मिलाइने छ’ भनी उल्लेख गरिएको थियो।
त्यसका साथै नीति जारी भएको केही दिनमा राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको सेयर कर्जालाई पनि एक वर्षभित्रमा मौद्रिक नीतिमा तोकिएको सीमासम्म ल्याउन निर्देशन जारी गरेको थियो ।
अर्थात् राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुरुप बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिएका ५६७ जना ऋणीहरुले झन्डै ३३ अर्ब रुपैयाँ बराबरको रकम बैंकहरुलाई एक वर्षको अवधिमा फिर्ता गर्नुपर्ने भयो।
राष्ट्र बैंकले कर्जा तिर्नका लागि लगानीकर्तालाई दिएको उक्त समयसीमा यही २०७९ असार मसान्तमा सकिँदैछ।
राष्ट्र बैंकबाट उक्त निर्देशन जारी भएसँगै बजार बुझेका केही लगानीकर्ताले भने समय हुँदा नै बढ्दो बजारमा आफूसँग भएको सेयर बेचेर ऋण तिर्न सफल भएका छन् ।
तर, सेयर धितो कर्जा लिएका अधिकांश लगानीकर्ता भने ४–१२ को नीति संशोधन हुने आशामा नै बस्दा आज ती लगानीकर्तालाई घाटामा नै सेयर बेच्न बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
अधिकांश लगानीकर्ता मौद्रिक नीतिको समीक्षामा ४–१२ नीति परिमार्जन हुनेमा आशावादी थिए। राष्ट्र बैंकले पहिलो, दोस्रो र तेस्रो समीक्षामा जारी गर्यो। तर, ४–१२ को नीतिलाई कुनै पनि समीक्षाले सम्बोधन गर्न सकेन ।
लगानीकर्ता नीति परिमार्जन हुने आशामा बस्दै गर्दा आज उनीहरुसँग न त सेयर कर्जा तिर्ने पुँजी छ। न त घाटामा सेयर बेच्ने अवस्था नै विद्यमान छ ।
आज सेयर मूल्य घटेर लाखौ घाटा खान विवस छन। लगानीको सबै पुँजी सेयर बजारमा लगाएका छन, मुनाफा छैन,कसरी कर्जाको सावा व्याज तिर्ने र आफ्नो घर खर्च चलाउने समस्यामा परेका छन।
नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत अन्य नियामक निकायबाट समयमै घट्दो बजारलाई सम्बोधन नगर्ने हो भने बजारमा अझ पहिरो जान सक्छ।
बजारका अर्बौं सेयर कर्जा भएका ठूला लगानीकर्ता ४–१२ को क्याप हट्नेमा आशावादी थिए । मौद्रिक नीति आउँदा साना तथा नयाँ लगानीकर्तालाई प्यानिक भएर सेयर नबेच्न भनेर सम्झाउने तिनै ठूला लगानीकर्ता आज प्यानिक भएर घाटामा नै सेयर बेच्न बाध्य भएका छन्।
राष्ट्र बैंकबाट असार मसान्तसम्म लगानीकर्तालाई आफूसँग भएको ऋण १२ करोडमा झार्न दबाब छ। बजारमा तरलता संकटका कारण लगानीकर्ताहरुले अन्य स्रोतबाट पुँजी ल्याएर कर्जा तिर्ने अवस्था पनि छैन।
मौद्रिक नीतिको समीक्षामा पनि ४–१२ को नीतिलाई केही सम्बोधन भएन । अब बजारका कहलिएका ठूला लगानीकर्ता पनि कर्जा तिर्नका लागि प्यानिक भएर घाटामा नै सेयर बेच्न सुरु गरेका छन्।
त्यसैले सेयर कर्जा तिर्ने समय अवधि नथप्ने हो भने बजार अर्को ठूलो पहिरोको तयारीमा छ। बजार घट्दै गर्दा अहिले सर्वाधिक बैंक र लघुवित्त कम्पनीहरुको मूल्यमा गिरावट आएको छ। अधिकांश ऋणीहरुले सेयर धितोमा बैंक, लघुवित्तहरुको सेयर राखेको पाइन्छ।
अब लगानीकर्ताहरुसँग सेयर कर्जा तिर्न आफूसँग भएको सेयर घाटामा नै भए पनि बेच्नबाहेक अन्य उपाय छैन। त्यसैले मौद्रिक नीतिको समीक्षा पश्चातको विगत केही दिनको बजार हेर्दा बजारमा यी क्षेत्रका कम्पनीहरुको सप्लाई आएसँगै मूल्यमा भारी गिरावट आएको देखिन्छ ।
राष्ट्र बैंकले सेयर धितो कर्जा तिर्ने समय सीमा नथप्ने हो भने नेप्से परिसूचकमा भारी अंकको गिरावट आउनुका साथै बजारमा भयावह अवस्था सिर्जना नहोला भन्न सकिन्न।
यो अवस्थामा नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका लागि विभिन्न सरोकारवालासँग राय तथा सुझाव मागेको छ। आगामी मौद्रिक नीतिले सेयर बजारलाई कसरी सम्बोधन गर्छ भन्ने आमलगानीकर्ताको चासोको विषय बनेको छ।
निरन्तर घट्दो क्रममा रहेको सेयर बजारमा मौद्रिक नीतिले केही राहत दिने लगानीकर्तामा अपेक्षा देखिन्छ। अहिले अधिकांश लगानीकर्ता बजारमा लगानी गर्नेभन्दा पनि मौद्रिक नीतिको पर्खाइमा रहेका छन्। लगानीकर्ता राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जाको ४–१२ को क्याप परिमार्जन हुनेमा आशावादी देखिन्छन्।
आ.व. २०७९/०८० को मौद्रिक नीतिमा लगानीकर्ताको अपेक्षा के रहेको छ रु मौद्रिक नीतिमा कस्ता विषय समेटिनु पर्छ रु कस्ता व्यवस्था परिमार्जन हुनुपर्छ रु लगायतका जिज्ञासा बजार जानकार तथा बजारका अगुवा लगानीकर्ताहरूमा जिज्ञासा बढेको छ।
नेपाल पुँजीबजार विकास अभियानका लगानीकर्ताहरू भन्छन–राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत स्थिर नीति ल्याउन आवश्यक रहेको छ।
व्यवसायी, लगानीकर्तालगायत सबैलाई राहत हुने किसिमको नीति ल्याउनुपर्छ। राष्ट्र बैंकले नीति अवलम्बन गर्दा नीतिगत स्थिरता भने महत्वपूर्ण हुन्।
अहिले ४–१२ को क्यापले लगानीकर्ता मर्कामा परेका हुन । ठूला ऋणीहरुले कर्जा अहिले पनि तिर्न नसक्ने अवस्था छ। त्यसैले त्यस्ता ऋणीलाई समय थप्नेजस्ता सहुलियत मौद्रिक नीतिमार्फत प्रदान गरी केही राहत दिन आवश्यक छ।
सेयर धितो कर्जालाई सहजीकरण गर्दै १२ करोड कर्जा एउटै बैंकबाट पाउने व्यवस्था बनाउनु पर्दछ । सेयर बजारलाई अस्थिर बनाउने उद्देश्यका साथ ४–१२ लाई चलाएर फेरि घटाउने जस्तो नीति ल्याएको खण्डमा लगानीकर्ता राष्ट्र बैंकविरुद्ध नै आन्दोलनमा उत्रिन बाध्य हुने छन।
मौद्रिक नीतिबाट मार्जिन ट्रेडिङ व्यवस्थालाई सहजीकरण गरी थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको छ।
नेपाल पुँजी बजार लगानीकर्ता संघले पनि विगत सात महिनादेखि प्यानिक भएका लगानीकर्तालाई राहत दिने किसिमको नीति ल्याउनुपर्ने धारणा अघि सारेको छ। मौद्रिक नीतिका लागि लगानीकर्ताहरूबाट सुझावमात्र लिइन्छ।
तर उक्त विषयहरु नीतिमा समेटिँदैन। मौद्रिक नीतिमा सबैभन्दा महत्वपूर्ण सुझाव नै ४–१२ को क्याप खारेज गरिनुपर्छ भन्ने नै हो।
राष्ट्र बैंकले तरलता सहजीकरणका लागि आवश्यक नीतिहरु अवलम्बन गर्नुपर्ने देखिन्छ। तरलता सहजीकरणका लागि सीसीडीलाई सीडी कायम गर्ने व्यवस्था मिलाउन आवश्यक छ।
सेयर लगानीकर्ता दबाब समूहले पनि कसैको स्वार्थ नबाझिने किसिमको सन्तुलित नीति ल्याउनुपर्ने सुझाव दिएको छ।
लगानीकर्ताले आफ्नो सम्पत्ति राखेर जति पनि ऋण लिन पाउनुपर्छ। त्यसैले ४–१२ को नीति पूर्ण रुपमा हटाएर कर्जामा कुनै पनि किसिमको सीमा राखिनु हुँदैन। त्यसका साथै सेयर धितोलाई रिस्क वेटेज जोनमा राखिएको छ, त्यो पनि हटाउनु पर्दछ।
संस्थागत लगानीकर्ताहरु नभएका कारण बैंक तथा वित्तीय संस्थाले बजारको स्थिरतामा ठूलो भूमिका निर्वाह गर्छन् । त्यसैले बैंक तथा वित्तीय संस्थालाई सेयर बजार लगानी गर्न दिनुपर्छ। ब्याजदरलाई अस्थिर नबनाउने साथै सन्तुलित सीमामा राख्ने नीति ल्याइनु पर्दछ।
त्यसका साथै राष्ट्र बैंकले ब्रोकरहरुलाई मार्जिन लेन्डिङका लागि कोष खडा गरेर मार्जिन लेन्डिङ प्रभावकारी बनाउन आवश्यक छ।
सेयर बजार सधैँ बैंकको ब्याज सस्तो हुँदा माथि जाने र ब्याज बढ्दा तल झर्ने गरेको छ। सेयर बजार एउटा ट्रेन्डमा चल्ने गर्छ। यहाँ ठूलाको खेल पनि हुन्छ।
बजार १–२ दिन बढाइदियो अनि साना हौसिन्छन् र किन्छन्। त्यसपछि ठूलाले सप्लाई दिन थाल्छन्। थेग्न नसक्नेहरुले बेच्नुपर्ने हुन्छ। त्यसपछि बजार घट्न थाल्छ । नेपालको सेयर बजारमा खासै नियम छैन। बैंकहरु उदार हुँदामात्रै हाम्रो सेयर बजार बढ्ने गर्छ।
अहिले संसारभरको सेयर बजार घटिरहेको छ। यसको मुख्य कारण बैंकको ब्याजदर नै हो । अमेरिकामा पनि ब्याजदर बढेर ९ प्रतिशत पुगेको छ।
युरोपमा पनि त्यस्तै अवस्था छ। अन्तर्राष्ट्रिय बजारमा पनि ब्याजदर बढेको छ र डलर बलियो भएको छ।लामो समयदेखि नेपालका बैंकमा तरलता संकट कायम रहेको छ । अन्तरबैंकिङ ब्याजदर बढेको छ । यस्तो बेला सेयर बजार उत्साहजनक अवस्थामा माथि जान सक्दैन।
अर्थतन्त्रमा सुधार नभएसम्म बजार माथि जान नसक्ने देखिन्छ । बजेट आयो, अब मौद्रिक नीति आउँदैछ। तर, मौद्रिक नीति कसिलो आउन सक्छ। किनकि बजेट केही उदार छ।
नयाँ नोट छाप्दा श्रीलंकाको अवस्था बिग्रिएको उदाहरण छ। अहिले मूल्यवृद्धि ह्वात्तै बढेको छ, यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ। यसका लागि कसिलो अर्थतन्त्रमा सुधार नभएसम्म बजार माथि जान नसक्ने देखिन्छ।
बजेट आयो, अब मौद्रिक नीति आउँदैछ, तर मौद्रिक नीति कसिलो आउन सक्छ। किनकि बजेट केही उदार छ। कसिलो मौद्रिक नीति आउन आवश्यक छ।
त्यसैले राष्ट्र बैंकले जश पाउने मौद्रिक नीति ल्याउन सक्दैन। १८ खर्ब रुपैयाँको बजेट ठूलो हो। बजेटको आकार बढ्दै जाने तर सरकारले खर्च गर्न नसक्दा अर्थतन्त्रमा समस्या आउँन सक्ने देखिन्छ।