citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

स्वअध्ययन गरेर पनि आईटी क्षेत्रमा काम गर्न सकिन्छ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

नेपालमा सूचना प्रविधि -आईटी_ क्षेत्रको दायरा बढ्दै गएको छ । यसमा म कार्यरत भएको २० वर्षभन्दा बढी भयो । आईटीमा नयाँ प्रविधिको विकास र परिवर्तन भइरहेको छ । त्यसले गर्दा नयाँ किसिमको माग बढिरहेको छ ।

यसमा आईटीलाई देशभित्र उपभोग गर्ने र विश्वमा आईटी सेवामा कसरी सहभागिता जनाउने भनेर दुई वटा तरिकाले हेर्न सकिन्छ । आईटीलाई हामीले सीमाविनको देशजस्तो सोच्नुपर्छ । विश्वमा हामी भौतिक रूपमा बाँडिए पनि डिजिटल रूपमा बाँडिएका छैनौँ । त्यसैले नेपालमा चल्ने प्रविधि अमेरिकालगायत विकसित देशमा पनि चल्छ ।

आईटीसम्बन्धी सीप छ भने नेपालमै बसेर विदेशी आईटी कम्पनीमा काम गर्ने वतावरण छ । नेपालमा आईटी क्षेत्रमा ६० हजार जनाभन्दा धेरैले काम गर्ने गरेको तथ्याङ्क छ । एउटा अध्ययनअनुसार रेकर्डमा नभएका अनुमानित एक लाख जना मानिस आईटी क्षेत्रमा काम गरिरहेका छन् । अर्बौँ डलर निर्यात पनि भएको छ । यो हेर्दा पर्यटन उद्योगभन्दा आईटी क्षेत्र ठूलो उद्योग बन्न सक्ने म देख्छु ।

नेपालमा आईटी पढाइ र सीप

म प्रत्यक्ष रूपमा शिक्षा क्षेत्रमा सहभागी छैन । तर अनुभवका आधारमा भन्नुपर्दा मेरो कम्पनीमा एक हजार जनाभन्दा बढीले काम गर्छन् । त्यसमा पाँच सय जनाले आईटी क्षेत्रमा मात्र सेवा दिइरहेका छन् ।

उनीहरूको अनुभव सुन्दा नेपालमा आईटीसम्बन्धी सीप जान्नेको सङ्ख्या राम्रो देखिन्छ । विश्वविद्यालय नगई अन्य तालिम प्रदायक शिक्षण संस्थामा गएर वा इन्टरनेटको माध्यमबाट स्वअध्ययन गरेर पनि आईटी क्षेत्रमा काम गर्न सकिन्छ ।

कलेजमा गएर पाठ्यक्रम पढ्नेभन्दा पनि आईटीसम्बन्धी सीप सिकाउने तालिम धेरै उपलब्ध छन् । यसमा अझ स्नातक वा स्नातकोत्तर पढेरभन्दा पनि आईटी सम्बन्धी तालिम लिएर काम गरिहेको सङ्ख्या धेरै देखिन्छ ।

आईटीभित्र पनि विभिन्न प्रकारका नेटवर्किङ, प्रोग्रामिङ, डेटा, एआईलगायतका क्षेत्र छन् । उदाहरणका लागि हेर्ने हो भने भारतमा ुएनएनआरआईटीु पाठ्यक्रमभन्दा प्रशिक्षण आधारमा छ ।

आईटी भन्दैमा खाली प्रोग्रामिङ र कोडिङ मात्र होइन । आईटीलाई धेरै पाटोबाट हेर्न सकिन्छ । लेखाको काम, माइक्रोसफ्ट एक्सल, फोटोशप लगायत चलाउनु पनि आईटीसँग सम्बन्धित सेवामा पर्छन् । यो क्षेत्रमा काम गर्न शैक्षिक प्रमाणपत्रभन्दा हातमा सीप हुनुपर्छ । यसरी सिकेर फ्रिल्यान्सिङ, आउटसोर्सिङ आदि गर्न सकिन्छ ।

अहिले इन्टरनेटमा थप आईटीसँग सम्बन्धित जानकारी र तालिम धेरै छन् । यसमा खोजेमात्र हुन्छ, विभिन्न कार्यक्रम र तालिम सजिलै पाइन्छ । मेरो विचारमा अनुभव प्राप्त गर्न शुरुमा जता पनि काम गर्न तयार हुनुपर्छ ।

नेपालमा स्थानीय आईटी कम्पनी र विदेशी आईटी कम्पनी साझेदारीमा सञ्चालन भएका छन् । विदेशी कम्पनीको सेवा सुविधाले गर्दा आकर्षण देखिन्छ । यद्यपि नेपाली कम्पनी पनि कम छैनन् । तर आफ्नो वृद्धि र विदेश जाने अवसर प्राप्त गर्नका लागि पनि विदेशी कम्पनी रोजेको देखिन्छ ।

आईटीको प्रतिफल हेर्नुहोस्, लगानी होइन

महँगो र सस्तो त्यसको प्रतिफलमा हेर्नुपर्छ । माग नभएका कुरा पढ्यो, सिक्यो भने हामीलाई महँगो भएको अनुभव हुन्छ । त्यस्तै सीप सिकाउने पाठ्यक्रम पढ्यो भने त्यसले बजारमा छिटै रोजगारीको वातावरण बनाउँछ । सीप सिकाउने पाठ्यक्रमका बारेमा जानकारी लिनुपर्छ ।

यो पढ्यो भने आफ्नो भविष्य निर्धारण हुन्छ कि हुँदैन भन्नेबारे आफूले सोचविचार गर्नुपर्छ । आईटी पढ्नु भनेको आफ्नो सीप अध्ययन गरेको हो भन्ने बुझ्नुपर्छ । जस्तो कि अहिले विश्वमा कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टिलिजेन्स्” (एआई) चर्चाको विषय बनेको छ ।

हामी पनि अब एआई तालिम प्रदान गर्नका लागि एउटा आधिकारिक प्रमाणीकरणमा जाने कि भनेर छलफल भइरहेको छ । यसमा प्रम्ट इन्जिनियरिङ भन्ने हुन्छ । एआईले प्रोग्रामिमलाई प्राकृतिक भाषा नै बनाइदिएको छ । एआईसँग सञ्चार गर्नका लागि पनि छुटै सीप चाहिन्छ । त्यसका लागि तालिमको अवश्यक पर्छ ।

गाह्रो खालको कोडिङ त होइन तर केही फरक चाहिँ अवश्य हुन्छ । महँगोरसस्तोको कुरा गर्दा यो सिकेपछि यसले मेरो भविष्य के हुन सक्छ भन्नेबारे थाहा हुनुपर्छ । आईटीमै पनि पाइथन, जाभा अथवा एआई हुन्छन् । तर एआई छनोट गर्न मेरो सुझाव छ । यसमा लगानी लामो समय हुन्छ र लगानी गरेअनुसार फाइदा पनि पक्कै हुन्छ ।

आईटीमा नेपालका उत्पादन सामाग्री

नेपालमा उत्पादन हेर्‍यो भने विदेश र यहाँको उत्पादनको गुणस्तरमा खासै फरक देखिँदैन । तर नेपाललाई एउटा ब्रान्ड बनाउन समस्या भइरहेको छ । नेपालमा सस्तो मूल्यमा सूचना प्रविधिका सामग्री उत्पादन हुन्छन् । नेपालीले एउटा गुणस्तरीय सामग्री बनाए पनि त्यही सामग्री सिङ्गापुर र अमेरिकाले बनायो भने उनीहरूको ब्रान्ड नै धेरै बिक्छ ।

अझै हामी त्यो सफलतामा पुग्न सकेका छैनौँ । अहिले भारतले त्यही गर्न खोजिरहेको छ । आज उसले ुमेड इन इन्डिया टु द वर्ल्डु भन्दै प्रवर्द्धन गरिरहेको छ । ४० वर्षसम्म भारतले सस्तो मूल्यमा आफ्ना सामग्रीको बजारीकरण गर्‍यो । अहिले उसले उत्पादनमा जोड दिएको छ । ुमेड इन नेपालु गर्न चाहिँ अलि समय लाग्ला ।

नेपाली कम्पनीले उत्पादन गरिरहेको छ तर ब्रान्डले गर्दा नेपाल पछाडि परिरहेको छ । मैले विभिन्न कार्यक्रममा पनि बोलेको हुन्छु, नेपाल सरकारले नै किन विदेशबाट आईटीका सामग्री किन्ने रु नेपालकै उत्पादन प्रयोग गरे हुँदैन रु भनेर प्रश्न गरिरहेको हुन्छु । केही सामान त विदेशबाट ल्याउनैपर्छ तर नेपाली सामानको गुणस्तरमा कमी छैन । नेपालमा बिकिरहेकै छ ।

आईटी क्षेत्रमा सरकारले केही महसुस गर्न थालेको छ

नेपाल सरकारबाट आईटी क्षेत्रबारे केही महसुस हुन थालेको छ । आउँदै गरेको लगानी सम्मेलनका बारे लगानी बोर्डको कार्यकारी अधिकृत सुशील भट्टसँग कुरा गर्दा उहाँले आईटीलाई पनि अगाडि लैजान्छौँ भन्नुभयो । दुई हप्ताअघि हामीले नेपाल उद्योग परिसङ्घ, अमेरिकन चेम्बर अफ कमर्स र आईटी मिलेर कार्यक्रम गरेका थियौँ ।

त्यो कार्यक्रमलाई लगानी बोर्डले पूर्व लगानी सम्मेनलको पहिचान दियो । निजी क्षेत्र पनि आईटीमा लागेको हुनाले यसको महत्त्व सरकारले महसुस गरेको छ । अब हामीले केही काम गर्नुपर्ने देखिन्छ ।

नेपालमा आईटी क्षेत्रलाई बढाउनुपर्छ भन्ने ध्यान केन्द्रित भएको छ । एउटा आईटी कम्पनी बनाउनेभन्दा पनि समग्र पारिस्थितिको प्रणाली बनाउनुपर्ने हुन्छ । उद्योग चल्नका लागि चाहिने कुरा पनि विकास हुन जरुरी हुन्छ । अघि भनेजस्तै सीपका लागि यहाँका विश्वविद्यालयका विद्यार्थी रोजगार बजारमा आउन सकून् ।

अर्को चाहिँ आईटी अनुकूल नीतिको आवश्यक पर्छ । इन्टरनेटमा सबै जना जोडिएका हुन्छन् । काठमाण्डौ र न्युयोर्क एक सेकेन्डमै जोडिन्छ । यसको शक्ति यति ठूलो छ कि यसको फाइदा अझ पनि हामीले उठाउनुपर्छ । विशेषगरी कोभिड–१९ सङ्क्रमण शुरु भएपछि विश्वका धेरै कम्पनीले ग्रामीण भेगमा पनि बसेर काम गर्न सहज हुने बनाएका छन् ।

१० वर्षमा १५ लाख जना मानिसलाई रोजगारी दिने उद्देश्यले हामीले नै एउटा कम्पनी शुरु गरेका छौँ । मेरो पनि आईटी क्षेत्रमा लगानी भएको हुँदा नेपाल उद्योग परिसङ्घसँग जोडिएको छु । परिसङ्घको आईटी क्षेत्र हेरिरहेको छु । सरकारसँग नेपालमा आईटी क्षेत्रको दायरा फराकिलो बनाउन नजिकबाट काम गर्न खोजिरहेको छु ।

विदेशी कम्पनीले नेपालमा कम्पनी खोल्न सहज वातावरण गराउन आवश्यक छ । अहिले भारत, फिलिपिन्स, भियतनाम, बङ्गलादेशलगायतका देशले आईटी कम्पनीका लागि कानुन आकर्षण गरेका छन् । नेपालमा पनि त्यो जरुरी देखिन्छ ।

निजी क्षेत्र भनेको प्रतिस्पर्धी क्षेत्र हो । हामीले नेपालभित्रै प्रतिस्पर्धा गर्ने होइन । भारत, फिलिपिन्ससँग कसरी प्रतिस्पर्धा गर्ने भन्नेबारे रणनीति बनाउन सक्नुपर्छ । रणनीति बनाउनका लागि अनुकूल कानुन पनि भइदियो भने सहज हुन्छ ।

चालु बजेटमा १० प्रतिशत निर्यात रकमले विदेशमा पनि कम्पनी खोल्न पाउने भनेर आएको थियो । त्यस्तै खालको अनुकूल कानुन वा बजेट आयो भने नेपाली निजी क्षेत्रले नेपालको आईटी क्षेत्रलाई अझै माथि लैजान सक्छ । जसले गर्दा सेवाग्राहीले अरू देशमाभन्दा हाम्रो देशमा आईटीको उत्पादन कस्तो छ भनेर बुझ्न सक्छ ।

हामीसँग आठ हजार मिटरभन्दा माथिका हिमाल छन् । अब हामीले आईटी क्षेलाई नवौँ प्राविधिक शिखर बनाउनुपर्छ । नेपालमा हिमाल मात्रै होइन आईटीको क्षेत्र पनि हिमाल जतिकै उचो छ है भनेर ब्रान्डिङ गर्नुपर्छ । यसका लागि हामीले अब कुरेर बस्नु हुँदैन । स्पष्ट कानुन नहुँदा अहिले एउटा विदेशी आईटी कम्पनी घाटामा गएको छ । सरकारले निजी क्षेत्रमैत्री कानुन बनाउनुपर्छ । जसले गर्दा आईटी क्षेत्र समान रूपले अघि बढ्छ ।

 

(सूचना प्रविधि (आईटी) विशेषज्ञ अजित विक्रम शाहसँगको कुराकानीमा आधारित)

gold
himalayan life insurance long ad
kumari bank