प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफइन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनु भएको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट बीमा क्षेत्रमा प्रवेश गर्नु भएका प्रसाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिनु हुन्छ ।
प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुखकार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेको अनुभव छ ।
साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनु भएको थियो ।
२०८० फागुन १८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुनुहुन्छ ।