stcnepal long ad
Himalayan bank

साल्ट ट्रेडिङ कर्पोरेसनले चैत ९ गते  बुक क्लोज गर्दै

सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समिति बैठकले सभा बस्ने निर्णय गरेको थियो ।

उक्त साधारण सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले शुक्रबार चैत ९ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, बिहीबार चैत ८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

himalayan life insurance
igi long