citizens life insurance long ad
stcnepal long ad
national life

साताको अन्तिम कारोबार नेप्सेमा झिनो अंकको गिरावट

कारोबार रकम २ अर्ब ३६ करोड

Prabhu Insurance Long Ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।

आज सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ ।

१३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढेको छ भने बाँकी आठ वटाको समूहगत सूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ।

himalayan life insurance
igi long