आज सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा
लाभांश प्रस्ताव पेश हुने
काठमाडौं । आज वैशाख १२ गते सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा बस्दैछ । साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ ।
यस आधारमा चैत २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।साधारण सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान १० बजे सुरु हुनेछ ।