stcnepal long ad
ime life insurance
global ime bank long

हजुर भको भए यस्तो तमाशा देख्नु पर्थ्यो र हामीले ?

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

विनय सिखडा

प्रिय कमरेड अभिवादन छ हजुरलाई। यतिखेर स्वास्थ्य मन्त्री हुनु पर्ने व्यक्तित्व त हजुर हो तर के गर्नु दिन दसाको प्रभावले हो कि के ले हो सबै कुरा अनुकूल भएर maximum qualification हुंदा पनि मन्त्री पुनर्गठनमा पर्न सकिएन।

हजुर भको भए यस्तो तमाशा देख्नु पर्थ्यो र हामीले ? असम्भव।। विज्ञको सल्लाह लिएर मेनेजमेन्ट् मिलाउने होनि। विश्व हाँक्ने ल्याकत भका विशाल छिमेकी हाम्रै थिए सानो भाईलाई माया गरिहाल्थे । देशको बांकी स्रोत साधन प्रयोग गर्यो सक्की गो नि। देश लक्डाउन कहिले गर्ने, कर्मचारी, सेना ,प्रहरी ,डाक्टरहरूलाई स्रोत र साधन सहित कहिले र कसरी परिचालन गर्ने ,क्वारेन्टाईनमा र आईसोलेसनमा कसरी र कहिले राख्ने लगायतको यावत् व्यवस्था यथाशिघ्र मिल्थ्यो।

हाम्रै दुर्भाग्य के गर्नु? महामारी झ्याम्टा बजाएर आउंदैन भन्ने हामीलाइ पनि थाहा छ के, कसैले सिप लाउनु पर्दैन। देश तन्नम छ त्यो पनि थाहा छ । यस्तो संगीन घड़ीमा यहि हो स्वास्थ्य मन्त्रीको काम गर्ने तौर तरिका? यही हो देशको मन्त्री जस्तो गरिमामय ओजश्वी पदमा रहेर देशको अविभावकले वोल्ने तरिका ? छिछि घिन लाग्छ हामीलाई ।

तपाईले आमाको काख, विद्यालय अनि समाजबाट केही सिक्नु भएन? अयोग्य र जोकड्को पराकाष्ठा हुनु हुंदो रेछ। यो देशमा जान्ने सुन्ने को भन्दा तुलेगाँडो र म भन्या जस्तै। पत्रकारले कोरोनाले अत्यास पारेको बेलामा केही बोल्न आग्रह गर्दा- बोल्दिन घरमा पाउना आछन् रे। बोल्दिन भने पछि बोल्दिन बोल्दिन रे।। रामराम के भन्या त्यो।

फेरी पिपिई को बारेमा भान्छामा कस्ले माग्यो? जनतालाई मान मर्दन गर्ने अधिकार कस्ले दियो तपाईलाई। भोट दिनु भनेको आत्मा दिनु हो। परेको खण्डमा मर्न तयार हुनु हो। घिसारेर रछ्यान्मा पुराको देख्न नपरोस्।

जनतालाई चाही २५ जना भन्दा बढी भेला नहुनु भनेर उर्दि लगाउने आफू चाहीं पचासौं जनाको बिचमा कराउने? प्राईभेट अस्पतालमा लगानी रेछ वरिष्ठहरूको ।

अरू बेलामा चाही करेली नोट भित्र्यायो तर कोरनाको विरामीको शंका पछि चाही छिछि दुरदुर देखि हालियो नि । अनि जस्ले रेफर गरेर पनि त्यही सिमसिमे राजाको पालाको टेकुमा धकल्दिने। पैसा लुटन्जेल प्राईभेट अस्पताल दु:खमा टेकु अस्पताल।

अर्को कुरो छ झन् ऑसुको भेलै बग्ने। तीन दिनमा विदेशबाट औषधि सप्लाई गर्ने कुरो असम्भवै हुन्छ। आफ्नो वाहेक अरू सबै सप्लायरलाई बोलाएर तपाईहरूले पाँच दिन भित्र जसरी भए पनि औषधि ईक्वीप्मेन्ट ल्याउनु परो भनेर सल्लाह गरेको नाटक मन्चन गरियो ।

त्यो त सक्ने कुरै थिएन। सबै सप्लायरले नसक्ने भए पछि आफ्नो हितैषी सप्लायर जो भित्र भित्रै कैंयौ दिन देखि लागेर सो काम गरिरहेको थियो उस्ले त सक्ने भैहाल्यो। तीन गुणा बढीमा सामान ल्याएर ब्रम्हलुट।

भगवान यस्तो बेलामा पनि जनता माथी यत्रो डकैती ? भगवान् ••••••सम्पूर्ण देशवासी त्राहीमाम् छन्, न सान्त्वना छ न औषधि उपचार छ•• कठै।

यसपालिलाई जे भोभो हामीलाई यति मात्र होईन व्यापक सामान चाहिन्छ, अरूले सस्तो ल्याए हामी किनीदिई हाल्छौं नि भनेर फेरी यस्तो थाड़•ने मन्त्रीको ओढ् ढाक्छन् होनहार मन्त्री योगेश भट्टराई र मुख्यमंत्री शंकर पोखरेल।

हे दशाको माउलो। पहिलो चोटी लपलपी खाएको चाही भुस् भो त अब। होईन मर्नु पर्दैन भन्या। खयर केही छैन छोडिदिउं यो कुरा समय क्रममा छानविन अवश्य होला। केन्द्रीय मन्त्रीले त यसरी जनताको छातीमा लात्तीले हाने हाने प्रदेश भौतिक मन्त्रीको चाला देख्यो भने झन् बौलाईन्छ जो हाम्रा छिमेकी पनि छन्।

मलाई एउटा साथीले एकदिन फलानालाई चिन्या छ ? तपाईको छिमेकी पनि हो क्यार भनेर सोथे मैले खोई थाहा छैन चिन्या छैन भन्दिएँ। छिमेकी भन्नको लागी पनि लाजको मर्दो। वाग्मती प्रदेशको भौतिक योजना मन्त्री बाग्मती फाँटमा एक धोक्रो सत्तु लिएर गाईबाछालाई दिन हिंडेको भनेर अभियन्ताहरूले पोष्ट गरेको देख्दा म भाव विह्वल भएँ।

हे दैव , कम से कम एक ट्रिपर त लानु, नसके एक मिनीटाटा लैजानु त्यती पनि नसके एक टाटा मोबाईल त लैजानु। हेर बेईज्जत। स्वास्नीका लागी मात्र मन्त्री भका रेछन्। राष्ट्रीय झण्डाकै अपमान भो। ज्वाईं लाउरे, जेठान तोरीलाउरे ।

यस्ता कुरा छोडिदिउं कमरेड। सबैको ठेक्का लिन पनि सकिंदैन। यस्को मूल्यांकन अर्को चुनावमा जनताले नै गर्लान्। असल काम गरेर जनताको हृदयमा बसेर हाम्रो क्षेत्र काठमाण्डौ ३ र नगरपालिकामा भारी मत ल्याएर विजयी बनौं यही ठूलो कुरो हुन्छ। जस्ले राम्रो काम गर्छ आउंछ ,नगर्ने जान्छ।

हामी कर्ममा विश्वास गर्छौं, हजुर मन्त्री बन्दै गरौंला एकदिन पालो अवश्य आउला। तर यो विपतको घडीमा एक सेकेण्ड ढिला नगरी एउटा कामचाहीं गरिहालौं है कमरेड, मैले मनले जितेर अनुरोध गरें।हजुर त हाम्रो काठमाण्डौको जिल्ला अध्यक्ष पो त साथै केन्द्रीय नेता पनि। नून र चून पनि छुट्याने नसक्ने तीनदामे नेता त होईन नि हजुर।

आराध्य देव भगवान पशुपतिनाथ मन्दिरको पूर्व पट्टी, व्यूटिफिकेसनको काम भैरहेको पवित्र बाग्मती नदीको किनारको गोकर्नेश्वर न पा जोरपाटीमा अवस्थित १८ रोपनी जग्गामा वीसौं करोडको लागतमा अत्याधुनिक सपिड़•ग् मल ,व्याड़•केट, रेष्टुरेन्ट ,स्वीमिड़• पुल, मनोरन्जन लगायत एउटै स्थान बाट यावत् सेवा उपलब्ध हुने ड्रिम हाउस ईन्टरनेशनल लि. स्थापना भै हजुर कै नेतृत्वमा निर्माण सम्पन्न हुंदै कार्यान्वयनको चरणमा रहेकोले हाल अर्को व्यवस्था नहुन्जेल सम्मको लागी सामान भरिभराउ नहुंदै, यसलाई महा विपत्तिले त्राहीमाम् भई जीवन मरणको अवस्थामा पुगेको बेलामा अस्पताल खोलेका लूटेराहरूलाई ड्यासिड़• दिंदै मानवीय कार्यको लागी सो हाउसलाई अस्थायी रूपमा अस्पतालमा परिणत् गरौं।

सरकार स॔ग पनि हार गुहार गरौं, व्यक्तिहरू संग पनि याचना गरौं ,सुविधा सम्पन्न ईलाज को व्यवस्था गरौं, क्वारेन्टाईन ,आईसोलेसनको कार्य गरी प्रथम कार्य नै मानव सेवाबाट गरौं भनेर सुझाव दिन चाहन्छु शुभ चिन्तकको हैसियतले।

ईच्छा हजुरको। पहिलो काम नै मानव सेवाबाट गर्न पाईयो भने सबैको आत्माले आशिष पनि दिन्छ कमरेड। आफ्नो क्षेत्रको लाई विशेष प्राथमिकता दिउं, त्यसपछि first come first serve

 

 

prabhu mahalaxmi
kumari