सेञ्चुरी कमर्शियल बैंकले कोरोना कोषमा ८५ लाख सघाउने

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले कोरोना रोकथाम तथा उपचार कोषहरुमा ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैंकका डेपुटी सिईओ मनोज न्यौपानेका अनुसार संघीय सरकारको कोरोना कोषमा ५० लाख रुपैयाँ सहयोग गरिनेछ । त्यस्तै, सातै प्रदेशका सरकारहरुले खडा गरेका कोषहरुमा ५/५ लाँख रुपैयाँ सहयोग गरिनेछ ।
बैंकले बिहिबार मात्रै कोरोना कोषहरुमा सहयोग गर्ने निर्णय गरेको हो । सेञ्चुरी बैंकले लकडाउनको अवधीमा पनि आफ्ना केहि शाखाहरुबाट सिमित बैंकिङ सेवा उपलब्ध गराई रहेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई एटिएम तथा मोबाइल बैंकिङ सेवा उपयोग गर्न प्रेरित पनि गर्दै आईरहेको छ