stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

वडा अध्यक्ष सुबेदीबाट सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौं ।  कोरोना भाईरस बिरुद्धको लडाईंमा अत्यन्तै सकृय रहँदै अहोरात्र वडाबासीको सेवामा समर्पित रहँदै आउनु भएका गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायण सुबेदी चैत्र १९ गते बुधबार बाछाबाछी संरक्षण स्थल आउनु भै रु. १० हजार ११० प्रदान गर्नुभएको छ ।

संकटको समयमा असहाय बाछाबाछीका लागि खाद्यान्न र औषधोपचारको ब्यवस्था गर्न उहाँले उक्त सहयोग प्रदान गर्नुभएको बताउनुभयो । सो अवसरमा वडा अध्यक्ष सुबेदीले असहाय बाछाबाछी संरक्षणमा कुनैपनि समय सहयोग आबश्यक परेमा आफू तैयार रहेको समेत जानकारी गराउनु भएको छ ।

बजारमा भुसा लगायत गाईबाछाका लागि दिनुपर्ने खाद्यान्नको अभाव भैरहँदा बिभिन्न क्षेत्रका ब्यक्तिहरु आफैं खाद्यान्न लिएर संरक्षण स्थल आईरहनु भएको छ ।

वडा अध्यक्ष नारायण सुबेदीलाई ब्यस्तताका माझ आफैं उपस्थित भएर सहयोग प्रदान गर्दै भावी दिनमा समेत साथ र सहयोगको प्रतिबद्धता ब्यक्त गर्नुभएकोमा बिशेष धन्यबाद दिन चाहन्छौं ।

स्मरण रहोस, संकट गहिरिंदै जाँदा सहयोगी हातहरु जुर्मुराई रहेका छन । असहाय र सडक लगायतका ठाउँहरुमा अलपत्र परेका, खान नपाएका बेसहारा बाछाबाछीलाई संरक्षण स्थलसम्म ल्याईदिनु हुन हार्दिक अनुरोध गर्दछौं । जीबन जोगाउँ, जगत बचाउँ ।

prabhu mahalaxmi
kumari