citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कोभिड १९, सरकारको कार्य र राजाको सहयोग र सन्देश

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

नारायण प्रसाद कोइराला

सरकारले अस्पतालका हाम्रा क्षमता अनुरुप गरेको प्रयास र लकडाउन लाई पुर्बाग्रही भएर नहेरौ।

तर आम जनमानसमा र पत्रकारहरुले किटानी साथ प्रधानमन्त्रीका सल्लाहकार र एक मन्त्रीका सुपुत्र द्वयले औषधि र उपकरण ल्याउने ठेक्का पाएको र भष्टाचार समेत भएको कुरा लाई छोप्न खोज्नु जघन्य अपराध हो !

ठुलाबडा वा भएकालाई प्लेन चार्टर गरेर ल्याउने तर निरीह नागरिकहरु सिमापारीबाट आउन नपाउने घोर अन्याय हो । तिनको उचित ब्यबस्थापन गर्नु सरकारको जिम्मेवारी हो !

ग्यास , नेट,  बिजुली,  ब्याजमा छुट आदि अधिकाम्स हुने खानेलाई लाभ पुग्ने हो । त्यो सरकारको एक निणयबाट हुने तर श्रम नगरी खान नपाउने वर्गलाई केही किलो मोटाचामल दाल दिन स्थानीय सरकारले कार्यबिधी बनाउनु पर्ने ?

त्यो बनाउदा सम्म के भोकै बस्ने ? राजाले राहत कोषमा जम्मा हुने गरि पैसा दिए सन्देश दिए – राम्रै गरे त ! राम्रो गरेको कार्य लाई स्याबासी पो दिने हो त!

तर ; अत्यन्त छिद्रान्वेषी पाराले घोचपेच गर्दै बौध्दिक दरिद्रता देखाउनु मरेको बाघको जुँगा उखेल्नु बाहेक अरु के नै हो त ? समस्या सरकारमा रहेकाहरु मात्र होइनन – समस्याको जड हाम्रो मानसिकता र हेर्ने दृष्टिकोण पनि हो !

gold
himalayan life insurance long ad
kumari bank