citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

“अभाव आपूर्ति अभियान”

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
रामहरि अधिकारी
काेराेना भाइरस अर्थात COVID-19 ले विश्वव्यापी महामारीको रूप लिएकाे सर्वविदितै छ। विश्वव्यापीकरणको यस युगमा विश्वव्यापी महामारीको रूप लिइसकेको काेराेना भाइरसबाट भाैगाेलिक हिसाबले नेपाल र आम नेपाली दाजुभाइ दिदिबहिनीकाे दैनिक जीवनयापनमा पनि प्रत्यक्ष रूपमा प्रभाव नपर्ने त कुरै भएन।
अलिकति सुखद पक्ष भनाैँ या खुसीको कुरा, आजका दिनसम्म कोभिडकाे डरलाग्दो रूप नेपाल र नेपाली सामु आइसकेको छैन यद्यपि जाेखिम मुक्त भने छैनौं ।
आशा छ, देवभूमि पशुपतिनाथकाे कृपाले हामी सबै जाेखिममुक्त नै रहनेछाैँ। धर्तीमाता र सिङ्गो मानवजगत पनि काेराेना महामारी मुक्त हुनेछ र छिट्टै हामी सबै-सबै सकुशल दैनिक जीवनमा सुरक्षित अवतरण हुनेछौं भन्नेमा राष्ट्रिय संस्कार धाम नेपाल पूर्ण रूपमा विश्वस्त छ।       मर्ने कसैलाई रहर हुँदैन तर नमरेकाे प्रहर हुँदैन,भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हुँदैन।
एकातर्फ साहित्यकार डा.ऋषिराज बरालले भनेझैं शाश्वत सत्यलाई स्वीकार्दै हामी जहाँ छाैँ त्यहीँबाट महामारीकाे एकमुष्ठ डटेर सामना गर्नु त छँदै भने अर्का तर्फ महामारी प्रकाेपबाट निम्तिएकाे कष्टकर दैनिक जीवनलाई साथ-साथ सहजीकरण गर्नुको विकल्प हामी सामु छैन।
 यहाँहरू सबैको अपार माया र अटुट विश्वासले मेराे सामाजिक र राजनीतिक जीवनमा लगाउनु भएको ऋणकाे भार चुक्ता त गर्न नसकुँला तर दु:ख, सुखमा सँगै रहेर यहाँहरूकाे घरदैलो मै आएर क्षमताले भ्यायसम्म र सकेसम्म पाई-पाई हिसाब गरेर ऋण तिर्ने प्रयास अवस्य गर्नेछु।
०७२ सालको भुकम्प र भुकम्पपछिकाे नाकाबन्दीमा मैले गरेको सानै र सक्दाे प्रयासलाई जसरी रूचाइ दिएर ग्रहण गरिदिनु भयाे त्यसकाे उर्जा निरन्तर सामाजिक र राजनीति क्षेत्रमा लगाउने प्रेरणा मिलिरहेकाे छ।
०७४ काे निर्वाचनमा जसरी तत्कालीन विवेकशील साझा पार्टीको काठमाडौं क्षेत्र न ५ बाट प्रदेश उम्मेदवार भएर यहाँहरूकाे घरदैलोमा आशिर्वाद लिने अवसर मिल्याे र आशिर्वाद सँगै यहाँहरूकाे साथ,सहयोग,सद्भाव, समर्थन र सहभागिता मिल्याे उक्त अनुभव र अनुभूतिलाई सदैव मन, वचन र कर्मले नमन, सम्मान र सलाम गर्दछु।
आजपनि म यहाँहरूकै काखमा छु। यहाँहरूकाे दु:खमा मलाई मेरै दु:खकाे अनुभूति हुन्छ त्यसैले काेराेना महामारीबाट निम्तिएकाे कष्टकर दैनिक जीवनलाई सहजीकरण बनाउन यस पालि काठमाडौं क्षेत्र नं ५ प्रदेश क २, ४ र ५ / प्रदेश ख का.म पा ३ लगायत बुढानिलकण्ठ ३, ४, ५, ६, र ७ र टाेखा २, ३, ४, ५, ६ र ७ का लागि “अभाव आपूर्ति अभियान” स्थापना गरेको छु। 
“अभाव आपूर्ति अभियान” का सुविधाहरू :-
१ आपूर्तिमा सहयोग:-
दैनिक उपभाेग्य वस्तुहरू सहज आपूर्तिका लागि।
२ ग्यास सहज आपूर्ति लागि :-
बाबा ग्यास, श्री ग्यास र लुम्बिनी ग्यास
३ अत्यावश्यक औषधिजन्य सेवा सहजीकरण लागि:-
बृद्धबृद्धा, अशक्त र सुत्केरी महिलालाई चाहिने औषधिजन्य सेवा सहजीकरण ४ समस्या समाधानमा सरकारी कदमहरुमा समन्वय गर्न र यथार्थ सुचना, सचेतना, सावधानीका लागि:-
अभाव आपूर्ति अभियान” कष्टकर दैनिक जीवनमा कम्तिमा सहयोगी बन्न सकाेस् भनी यहाँहरू सबैमा शुभकामना व्यक्त गर्दै ९८५१०६११८५, ९८०३०६११८५ र ९८५१०६५५७१ नम्बरहरू हटलाइन सेवा पनि सुरु गरेका छाैँ।
यही नम्बरको भाइबर, मेसेन्जर कल र म्यासेज पठाउन सक्नु हुनेछ।
अन्तमा, आमनागरिकहरुलाई सचेत रहन र सरकारी निर्देशनहरुको अक्षरस पालना गर्न अपील गर्दछौं भने सरकारलाई युद्धस्तरमा काम अघि बढाउँदै कम्तिमा नागरिककाे गाँसबाँसकाे प्याकेज प्रभावकारी बनाउन जाेडदार माग गर्दछौं।
(लेखक राष्ट्रिय संस्कार धाम, नेपालका अध्यक्ष तथा व्यवसायी,समाजसेवी एवं युवा राजनीतिज्ञ हुनुहुन्छ )

Chat conversation end
gold
kumari bank