कर्मचारी सञ्चय कोषमा नयाँ अध्यक्ष राजश्व सचिव पुडासैनी

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार
काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा राजश्व सचिव रामशरण पुडासैनीलाई नियुक्त गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले सचिव पुडासैनीलाई अध्यक्ष पदको शपथग्रहण गराएका हुन् ।
उनलाई चैत ९ गते बसेको मन्त्रीपरिषदको बैठकले उनलाई कोषको अध्यक्षमा नियुक्त गरेको हो ।
आज अर्थ मन्त्रालयमा बिहान ११ बजे अर्थमन्त्रीले उहाँलाई अध्यक्षको शपथ ग्रहण गराउनु भएको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए ।