citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आम जनताले बुझ्नु पर्ने कुरा कोरोना लाग्दैमा मरिदैन,अस्पताल जानू पर्दैन कोभिड १९ मात्र मृत्युको प्रमुख कारक होइन !

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

अहिले विश्व नै कोभिड–१९ को कारण आक्रान्त र शशंकित छ। अन्तराष्ट्रिय सर्भेक्षण अनुसार ८० प्रतिशत नागरिकलाई कोभिड पोजेटिभ देखिए पनि खासै असर देखिएको छैन भने पोजेटिभ देखिएका १९ प्रतिशतलाई केही संक्रमण देखिएको र सामान्य उपचार र आइसोलेशन पछि ठिक भएको छ ।

बाँकी १ प्रतिशत संक्रमितलाई मात्र संघन उपचारको आवश्यकता परेको र लामो समय देखि अन्य रोगहरूबाट ग्रसित मानिसमा कोभिड संक्रमणका कारण ०.५ प्रतिशत मानिसले मात्र मृत्युवरण गरेको तथ्यांक देखिन्छ ।

विगत ७–८ महिनाको यो तथ्यांक र उपचार अनुभवले कोभिड –१९ का कारणले मात्र मृत्यु वरण गर्नेको संख्या न्यून छ। नेपालमा उमेरसँगै अन्य रोगबाट दैनिक २५ सय देखि ३ हजार मानिसको मृत्यु हुने गर्दछ ।

बिगतको तुलनामा कोभिड आतंकले गर्दा समयमा उपचार नपाउदा अन्य रोगबाट मर्नेको संख्या दैनिक १ हजार भन्दा माथि रहेको तथ्यांक पाइन्छ ।

हरेक नागरिकले आफुलाई रोग लाग्दा समयमा सहज रूपमा उपचार पाउनु पर्दछ तर राज्य यस बिषयमा मौन र उदासीन छ । कोभिड –१९ बाहेक अन्य रोगकोे उपचार पाउन कठिन छ ।

कोभिड– १९ को हालको परिस्थितिमा बिरामी पर्दा कुनै पनि हस्पिटलले भर्ना लिन मान्दैन। बिरामीलाई उपचार गराउन हस्पिटल खोज्दा खोज्दै एम्बुलेन्स र ट्याक्सिमा ज्यान जानेको संख्या अधिक छ। सरकारले निशुल्क उपचारवाट हात झिकेको छ।

निजी र सरकारी उपचार सर्वसाधारणको आर्थिक पहुँच भन्दा माथि छ। यस बिषयमा राज्यले उचित प्रवन्ध मिलाउनु पर्ने हैन र ? जनताको उपचारका लागि खोलिएका हस्पिटलहरू गैर जिम्मेवार बन्न मिल्छ र ?

नागरिकको उपचार गर्छु,रोगी र बिरामीलाई जीवन दान दिन्छु भनेर डाक्टर र नर्स हुनेहरूले यता पनि ध्यान दिनु जरुरी छैन र ? देशमा लडाइँ पर्दा सेना भाग्ने ! रोगको महामारी फैलिदा चिकित्सक भाग्ने ! देशमा आर्थिक मन्दि आउदा ब्यापारी भाग्ने हो भने यिनको औचित्य के रहयो र रु राज्य हाम्रो हो ।

राज्यलाई अप्ठ्यारो पर्दा हामी नागरिकले साथ दिनु पर्छ। साथ नदिने नागरिक केवल शरणार्थी मात्र हुन१ के हामी यो राज्यको शरणार्थी हौ त रु अवस्य होइन ।

सरकार काम नलाग्ने पत्रु,गैर जिम्मेवार भयो भन्दैमा के यो देश प्रति हामी नागरिक पनि गैर जिम्मेवार हुन मिल्छ र रु के कोभिड मात्र रोग हो र ? मृत्युु बरण गर्ने प्रमुख कारक तत्व कोभिड मात्र हो त ? यस बिषयमा हामी जिम्मेवार नागरिकले आ–आफ्नो दायित्व पूरा गर्नु नै राज्य प्रतिको सच्चा कर्तव्य हुनेछ ।

सरकार सुते पनि हामी उठौ र नागरिक भएर नेपाल आमाको सेवामा जुटौ । नेपालका हरेक शासकहरू देश र जनता प्रति जिम्मेवार र कर्तव्यनिष्ट भएको कहिल्यै पाइएको छैन । शासकहरूले जनतालाई जहिल्यै दुःख दिन मात्र जानेका छन । कोरोनाको उपचारमा राज्यले हात उठाएर गल्ती गरेको छ, यस गल्तीलाई स्वीकार गरेर राज्यले कोरोना उपचार निःशुल्क गर्नु पर्दछ।

himalayan life insurance
igi long