stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कृषि र किसानको वर्तमान अबस्था र सही बिकल्प

Nimb long ad
Prabhu Insurance Long Ad
–लोकनारायण सुबेदी
 कृषि कर्म जीबनको बिकल्परहीत आधारभूत कर्म हो । कृषिले दिने ऊर्जाले नै मानिसको जीवन चलेको छ र गुजारा भएको छ । तर यसलाई हामीकहाँ सामान्य, गाउँले गवार किसानहरुको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र मानिएको छ र ब्यवहार गरिएको छ ।
फलतः यसले पाउनु पर्ने प्राथमिक स्थान, सम्मान र शतत सहयोग पाउनबाट यो कर्म बञ्चित जस्तै छ । कतै पाएको छ भने पनि त्यो पनि ब्यापारिक र नाफाको एउटा बजार दृष्टिकोणले मात्र पाएको छ । स्वयं कृषि र किसानको समग्र हित हुने गरे कतै पाएको छैन । शब्दावली पदावलीहरु जे सुकै प्रयोग गरिएका हुन् ती किसानबाट अलग्गिएका बजारसँग जोडिएका र मुनाफका साधन बन्ने गरी बनाएका जस्ता लाग्दछन् ।
प्रकृतिपछिको यो मानब निर्मित अर्थात श्रमजीवी किसानहरुले निर्माण गरेको यो दोश्रो प्रकृति खाद्यान्न, पक्वान्न, मिष्टान्न  अन्न, सागपात, फलफूल, दूध, माछा, मासु जुन रुपमा भए पनि ती प्रचीन, आधुनिक या अत्याधुनिक कल कारखानाका उपज बिल्कुलै होइनन् ।
तिनलाई दोश्रो प्रकृति  प्रकृतिका नियमहरुको नियमित अनुपालन गरेर गरिने प्रकृतिसँग जोडिएको जीबन्त कर्म हो, मान्नु पर्दछ । यो कृषिको अभावमा अरु जतिसुकै अत्याधुनिक धेरै नाफा कमाउने बिशालकाया उद्योगधन्धाहरु नै किन नहुन् तिनको कतै केही चल्दैन, हलचल बन्द हुन्छ । ती मृत प्राय: बन्छन् र सकिन्छन् । त्यसैले कृषिलाई जीवनदायिनी कर्म र किसानलाई जीवनदायिनी शक्ति भनिएको र मानिएको हो ।
तर किसानले आफुलाई त्यस्तो शक्ति मान्दैन, मान्न दिइएको छैन । उसले आफुलाई काम नलाग्ने धन्धा गर्न अभिशप्त गवार, गाउले, अशिक्षित रातो दिन झरी बादल, घाम खडेरी, हावा हुरीसँग खेल्ने एउटा कमजोर र छरपस्ट जमात मान्दछ । त्यस्तै मान्ने बनाइएको छ ।
उसले आजका सबै ‘सभ्य’ मानिने र ठानिने शहरबासी, नगरबासीहरुलाई कृषि उपजहरुको आपूर्ति गर्दछ । त्यो अकिञ्चन जमातले आफ्नो कर्म गर्न छोड्यो भने कथित सभ्यहरुको अस्तित्व नरहने कुरा उनीहरुले सोचेकै छ्रैनन्, सोचेकै हुँदैनन् ।
तिनमा रहेको निष्कपट उच्च मानबीयताले उनीहरुलाई त्यस्तो सोच्ने कुनै कुसँस्कार दिएकै छैन । बरु त्यसको बिपरीत ती प्रकृतिसँग खेल्ने, त्यसैमा रमाउने र अधिकांशतः अबोध प्राणीहरु नित्य निरन्तर कृषि कर्ममा लागेका हुन्छन् । प्रकृति अनुकूल भइदियो भने खुशी हुन्छन् ।
प्रतिकूल भइदियो भने पनि त्यसको सामना गर्न उनीहरु बाध्यछन् । रुन्छन्, कराउँदछन्, छाती पिट्छन् र फेरि सम्हालिदैन प्रकृतिकै काखमा हिलो, धूलोसँग खेल्छन् । यो साल बिग्रिहयो अर्को साल कसो नबन्ला भनेर आशाबादको स्वप्नमय संसारमा डुब्छन् । यो तिनको नित्य कर्म हो रहँदै आएको छ ।
हो, हाम्रो समाज पनि एक जमानामा उत्तम खेती, मध्यम ब्यापार, नीच नोकरी मान्ने प्रचलन थियो । त्यसैले समाजले त्यतिबेला कृषितलाई सर्बोपरी स्थानमा राखेको कुरा यसबाट प्रष्ट हुन्छ । तर आज त्यसको ठिक बिपरीत कृषि कर्म सबैभन्दा नीच, ब्यापार मध्यम नै र नोकरी सर्बोत्तम बन्न पुगेको छ । कृषि जस्तो आधारभूत कर्मलाई आधारभूत स्थान दिइएको त्यो जमानाको सही कुरालाई आज पनि पुनस्र्थापाना गरेर कृषि कर्म र किसानलाई चौतर्फीरुपमा सहयोग गरेर उन्नत तुल्याउन सकिएन भने मानब अस्तित्व नै ठूलो संकटमा पर्ने कुरा दिन प्रतिदिन सन्निकट हुँदै गइरहेको छ ।
आजको बिश्वको बढ्दो जनसंख्या र जमिनको धान्नसक्ने क्षमता(क्यारिङ्ग क्यापासिटी) र कृषिले दिने समग्र उत्पादन अपुग हुने स्थितिको आकलन गरेर नै संयुक्त राष्ट्र संघले पनि अरु धेरै खानहुने श्रोतहरु (एडिबल्स) अहिले अस्तित्वमा भइरहेका बाहेक अरु थप झारपात,बोट बिरुवा, पशुपंक्षी समेतलाई खाद्य बस्तुमा जोड्न बाध्य बनेको देखिदैछ । यसले पनि कृषिको बिश्वब्यापी महत्व, आवश्यकता तथा बढ्दो औचित्य र ज्वलन्त आवश्यकतालाई थप दर्शाउँदछ ।
त्यसैले हाम्रो कृषि क्षेत्रमा सरकारी स्तरमा रहेको ब्याप्त भ्रष्टाचार र कमिशनखोरीको महाजाल तथा किसान चूसाहा प्रबृत्तिलाई समाप्त पारेर कृषि र किसानमा नयाँ आशा र बिश्वासको सञ्चार गर्न यो कृषिलाई आकर्षक तुल्याउने किसमले अघि बढ्नु पर्ने आवश्यकता आज टड्कारो छ ।
यस सन्दर्भमा भूमिसँग जोडिएको असमान बितरण, स्वामित्व र भू–उपयोगको समस्या, उत्पादकत्वको समस्यालाई हल गर्नु पर्ने पहिलो सर्बोपरी आवश्यकता छ । यसैलाई बिगतदेखिनै बैज्ञानिक क्रान्तिकारी भूमिसिुधार भनिदै आएको हो । यसका अतिरिक्त अर्कोतिर कृषिलाई दीगो र उत्पादनशील तुल्याइराख्न किसानलाई लाभकारी मूल्य प्राप्त हुने किसिमको सुनिश्चित बजार ब्यवस्थापन, क्षतिपूर्तिको ब्यबस्थाका साथ उन्नत र गुणस्तरीय प्रांगारिक मल, बिऊ, निरन्तर सिचाईं प्रबिधिको उपाय, रोग किरा लाग्न नदिने र लागि हालेमा नियन्त्रण गर्ने जैबिक प्रबिधिको उन्नत उपाय अबलम्बन गरिनु अत्यावश्यक छ ।
यी सबै कार्यका लागि जल–ऊर्जा शक्ति किसानको प्राथमिकतामा पर्नु पर्दछ र कृषि, बन बतारणलाई जोगाउन बिद्यूतको उपयोग गर्ने गरी मूलतः आन्तरिक खपतका लागि बिद्यूत उत्पादन कृषिसँगै जोडिएको अर्को महत्वर्ण र आधारभूत राष्ट्रिय कदम हो ।
अन्यथा हामी मौसम अनुकूल हुँदा धानबाली लगायत बालीनाली सप्रिने, राष्ट्रिय आम्दानी (जीडीपी) बढ्ने, अर्थतन्त्र साान्य सुध्रिने र अनुकूल नहुँदा ती सबै कुरा बिग्रने स्थितिभन्दा माथि उठ्न कदापि सक्ने छैनौं । अनि आजसम्मको कृषिप्रति गर्ने गरिएको अपहेलना र तिरष्कारकै निरन्तरता बाहेक थप अरु केही थप हुने छैन ।
त्यसैले आज किसान बर्ग नै कृषिको चौतर्फी समुन्नति, प्रगति र आमूल परिबर्तनको लागि पहिल्यै कहिल्यैभन्दा जगरुप, संगठित र संघर्षशील हुनुको कुनै बिकल्प छैन ।
कोभिड–१९ महामारीले कृषिमा ध्यान केन्द्रित गर्न बिश्वब्यापीरुपमा ध्यानाकर्षण गरिरहेको सन्दर्भमा यी कुराहरुलाई गम्भीर र गहनरुपमा मनन गर्न सकियो र सिकियो भने मुलुकलाई सही दिशामा अग्रसर तुल्याउन सकिन्छ ।
prabhu mahalaxmi
kumari