citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

१४ महिनामै दोब्बर उत्पादन, लिपमोटरको २० लाखौं गाडी रोलआउट

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी लिपमोटरले आफ्नो २० लाखौं सवारी उत्पादन गरेको छ । कम्पनीले नोभेम्बर १९ मा उत्पादन लाइनबाट २० लाखौं गाडी रोलआउट गरिएको घोषणा गरेको हो ।

यसै अवसरमा कम्पनीको फ्ल्यागसिप एसयूभी डी१९ को उत्पादन संख्या पनि ५० हजार पुगेको जनाइएको छ ।

कम्पनीका अनुसार २० लाखौं उत्पादनका रूपमा कालो रङको डी१९ एसयूभी उत्पादन भएको हो । लिपमोटरले सन् २०२५ को सेप्टेम्बरमा १० लाखौं गाडी उत्पादन गरेको थियो । त्यसको १४ महिनाभन्दा कम समयमा थप १० लाख गाडी उत्पादन गर्न सफल भएको हो ।

डी१९ लिपमोटरको डी सिरिजअन्तर्गतको पहिलो फुलसाइज फ्ल्यागशिप एसयूभी हो । यो मोडल बीईभी र एक्सटेन्डेड रेन्ज ईभी गरी दुई पावरट्रेन विकल्पमा उपलब्ध छ ।

लिपमोटरले सन् २०२६ को अक्टोबरमा विश्वभर १ लाख ६ हजार १२७ युनिट सवारी डेलिभरी गरेको थियो । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५१ प्रतिशत बढी हो । लगातार चार महिनादेखि कम्पनीको मासिक डेलिभरी १ लाख युनिटभन्दा माथि रहँदै आएको छ ।

सन् २०२६ को पहिलो १० महिनामा कम्पनीले कुल ७ लाख ७२ हजार ६६६ युनिट सवारी डेलिभरी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६५.८८ प्रतिशत बढी हो ।

कम्पनीले सन् २०२६ मा १० लाख युनिट सवारी डेलिभरी गर्ने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय बजार विस्तार र नयाँ मोडलको उत्पादन वृद्धिसँगै लिपमोटरले चिनियाँ ईभी स्टार्टअप कम्पनीहरूमध्ये आफ्नो स्थान थप बलियो बनाउँदै लगेको छ ।

IME Life
kumari