stcnepal long ad
ime life insurance
national life
global ime bank long

मिस नेपाल २०२६ का प्रतियोगीहरूलाई नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान को आयोजनामा दि हिडन ट्रेजरको समन्वयमा मिस नेपाल २०२६ का प्रतियोगीहरूलाई लक्षित गरी स्तन तथा पाठेघरको मुख(सर्भाइकल) क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम एआईटीएम कलेज, खुमलटार ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको उद्देश्य नेपालमा महिलामा बढी देखिने स्तन तथा पाठेघरको मुखको क्यान्सरबारे समयमै जानकारी, रोकथाम, प्रारम्भिक परीक्षण तथा उपचारको महत्वबारे प्रतियोगीहरूलाई सचेत गराउनु प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले देशभर क्यान्सर सम्बन्धी जनचेतना, स्क्रिनिङ तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.रजनी झाले क्यान्सरका जोखिमका कारण, प्रारम्भिक लक्षण, नियमित स्वास्थ्य परीक्षण, एच.पि.भी खोपको महत्व तथा स्वस्थ जीवनशैली अपनाउँदा क्यान्सरको जोखिम कम गर्न सकिने विषयमा जानकारी गराएका थिए ।

विशेषगरी महिलाहरूले नियमित प्याप स्मीयर, एच.पि.भी खोप, स्तनको स्व–परीक्षण तथा आवश्यक परे म्यामोग्राफी जस्ता परीक्षण समयमै गराउनुपर्नेमा जोड दिइएको थियो । साथै, क्यान्सर प्रारम्भिक चरणमै पहिचान भए उपचारको सफलता धेरै हुने भएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागी मिस नेपाल २०२६ का प्रतियोगीहरूले सक्रिय सहभागिता जनाउँदै विशेषज्ञहरूसँग अन्तरक्रिया गरेका थिए । उनीहरूले प्राप्त ज्ञानलाई समाजका विभिन्न तहसम्म पु¥याई महिला स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानले यस्ता जनचेतनामूलक कार्यक्रमहरू मार्फत क्यान्सरको समयमै पहिचान, रोकथाम तथा उपचारसम्बन्धी जानकारी समुदायसम्म पु¥याउँदै आएको जनाएको छ । संस्थाले विशेषगरी महिलाको स्वास्थ्य प्रवद्र्धन र क्यान्सर नियन्त्रणका लागि विभिन्न विद्यालय, कलेज तथा सामुदायिक स्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. रजनी झा, दि हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित, दि हिडन ट्रेजरका पूर्व अध्यक्ष सुर्वण क्षेत्री, प्रतियोगी व्यवस्थापक आध्या कार्की, कन्टेन्ट क्रिएटर सोफिया व्यञ्जनकार, लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, न्हुजःगुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठ, कार्यक्रमका प्रमुख युबिका श्रेष्ठ, कार्यालय सहायक अभिषा रसाइली, साथै मिस नेपाल २०२६ का प्रतियोगिहरु ईशा सुवेदी, प्रनिसा खनाल, युक्ता पौडेल, अंशु कुवर, संगीता पौडेल, श्रद्धा अधिकारी, कसिस सुब्बा, मानस्वी शर्मा, सुस्मा भण्डारी, प्रतिस्ठा आचार्य, आर्या निशान्त, आयुष्मा के.सी खत्री, शितांशु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगादे, महिमा पंन्त, दिपमाला ढकाल, सेजा श्रेष्ठ, विभुषा बस्नेत, स्वीकृति ज्ञवाली, चाँदनी श्रेष्ठ, श्रीयाशी श्रेष्ठ, अर्बिशा थापा, रचना भट्टराई को उपस्थिति रहेको थियो ।

कार्यक्रम खुमलटारस्थित एआईटीएम कलेजमा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्‍याएको दि हिडन ट्रेजर तथा एआईटीएम कलेज, खुमलटार प्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari