citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न

५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा गत असोज १४ गते काठमाडौंमा सम्पन्न भएको छ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफा रकमबाट सेयर धनीहरूलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश -बोनस शेयरमा लाग्ने कर समेत_ वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।

बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८३/८४ को लागि जिपी राजवाहक एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ।एभरेष्ट बैंक साधारण सभा सम्पन्न गरेर सेयर लाभांश खुवाउने पहिलो वाणिज्य बैंक बनेको छ।

कर्पोरेट सुशासनमा अब्बल रहेको एभरेष्ट बैंकले गत आर्थिक वर्षमा राम्रो मुनाफा आर्जन गरेको थियो। भारतको साझेदारीमा स्थापना भएको एभरेष्ट बैंक राम्रो सुशासन र मुनाफा कमाउने बैंक मानिन्छ।

IME Life
kumari