stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

क्वाँटी,प्राेटिन र जनै पूर्णिमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad
धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । पहिले निश्चित जाति समुदायमा मात्र प्रचलित क्वाँटी आजभोली सबै समुदायबीच उतिकै लोकप्रिय पनि छ । पछिल्लो समय क्वाँटीको महत्व व्यापक हुँदै गएको पाइन्छ ।
के हो क्वाँटी ?
बाल्यकालदेखि नै जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन भएको तपाइँ हामी सबैलाई थाहा नै छ। त्यसो त परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।
क्वाँटि शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार क्वाँ को अर्थ तातो र ति को अर्थ सुप भएकोले ‘क्वाति’ वा क्वाँटि को अर्थ तातो सुप भन्ने बुझिन्छ ।
मास, भटमास, ठूलो केराउ, मस्याङ, चना, सिमी, मुगि, बकुल्ला,टाटे सिमी र बोडीको मिश्रण नै क्वाँटी हो । यो नौ गेडगुडीको मिश्रणलाई टुसा उमारी पुर्णिमाका दिन खाँदा शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि यसको विशेषता छ । यो प्रचुर प्रोटिनको स्रोत पनि हो ।
स्वस्थ्य रहनका निम्ति मानिसको शरीरलाई पर्याप्त मात्रामा भिटामिन, खनिज तत्व, प्रोटिन,कार्बोहाइड्रेट लगायत पदार्थ आवश्यक हुन्छ । गेडागुडी शरीरमा प्रोटिन बनाउन उपयोग हुन्छ ।
त्यसको आपूर्तिका लागि शरीरमा बोडी तथा अन्य प्रोटिनयुक्त खाना खानुपर्ने हुन्छ । क्वाँटिको टुसा वा भ्रुणमा अत्यधिक प्रोटिन भएकोले यसको सेवन गर्नु हाम्रो स्वस्थको लागि धेरै नै फलदायी हुन्छ । प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो ।
हाल कोरोनाले महामारीको रुप लिएको छ । प्रोटिनले शरीरमा रोगसग लड्ने शक्ति प्रदान गर्दछ । शरीरमा प्रोटिनको कमी भएमा इम्युन सिस्टम कमजोर हुने,हातखुट्टा सुन्निने, कपाल झर्ने, मांसपेशी कमजोर हुने, अनियमित महिनावारी जस्तो जटिल समस्या देखा पर्न जान्छ ।
प्रोटिनको मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ । प्रोटिन भएका खानेकुरा खाएपछि धेरै पानी खानुपर्ने हुन्छ । मार्क्सवादी दर्शनले आध्यात्मिक चेतनालाई गौण मान्दछ । धर्म अंगिकार गर्न नसकेपनि संसकारलाई परिमार्जित गर्दै लैजान पर्छ ।
जनैपूर्णिमा रक्षाबन्धन सँगै क्वाँटी प्रोटिन प्राप्त गर्ने माध्यमको रुपमा रुपान्तरण गर्न सके समाजलाई तात्विक रुपमा मार्क्सवादी चिन्तनको माध्यम बाट जागरण गराउन र संस्कारलाई बदलिदो परिवेश सँगै ढाल्न सकिन्छ ।
himalayan life insurance
igi long