stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मदन खरेलले निगमबाट राजीनामा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले फेरि पदबाट हटेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मन्त्रीले कार्य प्रगति माग्न थालेपछि खरेलले पदबाट राजीनामा दिएका छन । उनले आइतबार पर्यटन मन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । २०७० साल जेठमा चार वर्षका लागि महाप्रवन्धक बनेका खरेल कार्यक्षमताकै कारण एक वर्षपछि नै राजीनामा दिएर बाहिरिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा२०७५ ३१ भदौ ३१गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरि महाप्रवन्धक सुगतरत्न कंशाकारको भूमिकालाई ओझोलमा पारेका थिए ।
खरेललाई नेपाल वायुसेवा निगमले भित्राएका दुई वाइडबडीबोइङ सहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको भए पनि उनले त्यो जिम्मेवारी पूरा गर्न नसकेपछि उनीमाथि चौतर्फी दबाव परेको थियो ।
प्रभावकारी काम गर्न नसकेपछि मन्त्री भट्टराईले सरकारले दिएको लक्ष्य अनुसार काम गर्न, नसके पद छाड्न दबाव दिँदै आएका थिए ।

prabhu mahalaxmi
kumari