सभामुखको निर्वाचन माघ १२ गते हुने

आर्थिक सञ्जाल । काठमाडौं ६ माघ। प्रतिनिधिसभाको रिक्त सभामुखको निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन १२ गते गर्ने दलहरुबीच सहमति भएको हो । समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले माघ १२ गते सभामुखको निर्वाचन गर्ने सहमति भएको बताए थिए । ‘सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको छ,’ खाणले भने । कृष्णबहादुर महराले सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि गत असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको थियो ।