सीता एयर आन्तरिक उडानमा चारवटा एटिआर–७२ ल्याउँदै
काठमाडौं । विकट गन्तव्य उडान गर्दै आएको निजी क्षेत्रको वायुसेवा कम्पनी सीता एयरले सुगममा पनि उडान थाल्ने भएको छ । आगामी नयाँ सन् २०२२ बाट सुगम गन्तव्यतर्फ पनि नियमित उडान सुरु गर्ने भएको छ।
स्थापनाको दुई दशकपछि सीता एयरले आफ्नो व्यवसायिक योजना अनुसार सुगम गन्तव्यमा उडान सुरु गर्न लागेको हो।
हाल चारवटा डोर्नियर जहाज मार्फत उडान गर्दै आएको यस कम्पनीले सन् २०२२ को बीचबाट चार एटीआर–७२ सिरिजका जहाजमार्फत उडान सेवा दिने योजना रहेको कम्पनीका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले बताएका छन।
उनले भने– ‘कम्पनीले दुई वर्ष अघि नै ट्रंक रुट अपरेशनका लागि एटीआरमा प्रवेश गर्ने योजना बनाएको थियो। तर कोभिड महामारीका कारण योजना पर धकेलिएको थियो,।’ उनले अगाडि भने– अब भने योजना अनुसार सुगम गन्तव्य पनि उडान थालिने छ।
ट्रंक रुट अपरेशन सुरु गर्नका लागि एटिआर–७२ सिरिजका जहाज ल्याउँदैछौं,फेरि विश्वमा ओम्रिकोन भाइरस संक्रमण सुरु भएको छ। अब यसको प्रभाव कस्तो रहने छ त्यसले हाम्रो योजनामा पनि असर गर्न सक्छ।
हामीले आफ्नो तर्फबाट तयारी गरिरहेका छौं।’ उनले भने। समय तल–माथि भए पनि कम्पनी सन् २०२२ भित्रै जहाज ल्याउने योजनामा रहेको उनले बताए। टीआरमा प्रवेश गर्ने तयारी अन्तर्गत कम्पनीले जनशक्ति तालिम र भर्तिको प्रक्रिया सुरु गरिसकेको उनले जानकारी दिएका छन। हाल करिब डेढ सय जना कर्मचारी कार्यरत कम्पनीमा थप पाँच सय जना भर्ना गरिने उनले बताए।
चारवटा एटिआर(७२ जहाज उडानका लागि कम्पनीले नेपालगंज, विराटनगर, पोखरा लगायत विमानस्थलमा बेस राख्ने योजना बनाएको छ। उनले भने– ‘फाइनल सेडुल अप्रुभल नागरिक उड्डयन प्राधिकरणले गर्ने हो। तीनवटा स्थानलाई बेस बनाउने हाम्रो योजना छ। प्राधिकरणले सिफारिस गरेकै क्षेत्रमा बेस राखेर ट्रंक रुट अपरेशन सुरु गरिनेछ।’
सीताले आफ्नो उडान थपेसँगै सुगम गन्तव्यमा उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुग्नेछ। हाल नेपाल बुद्ध, यती, श्री, सौर्य, गुण लगायत वायुसेवा कम्पनीले सुगम गन्तव्यमा नियमित उडान गर्दै आएका छन्। सुगम गन्तव्यमा सीताले प्रवेश गरेसँगै यात्रुलाई फाइदा हुने उनी बताउँछन्।
स्वस्थ प्रतिस्पर्धा भएको अवस्थामा सेवा प्रदायक कम्पनीले सेवा विस्तार गरेसँगै यात्रु लाभान्वित हुने उनले जानकारी दिए।ुफ्री मार्केट इकोनोमीमा स्वस्थ प्रतिस्पर्धा भयो भने जहाँ पनि सेवाग्राहीले नै फाइदा पाउने हो। उदाहरणका लागि कुनै समय काठमाडौं–धनगढी उडानमा एउटा कम्पनीले मात्र सेवा दिँदा १२ हजार रुपैयाँ भाडादर थियो।
अहिले वायुसेवा कम्पनी बढेसँगै यो गन्तव्यको भाडादर ५० प्रतिशतले घटेको छ,’ उनले भने।समिट, तारा, सीता लगायत वायुसेवा कम्पनीले विकट गन्तव्यमा नियमित उडान गर्दै आएका छन्। सीताले हाल १९ सिटे चार डोर्नियर जहाज मार्फत पश्चिमतर्फ सिमकोट, बाजुरा, रारा, जुम्ला, डोल्पा र पूर्वतर्फ लुक्लामा नियमित यात्रु र कार्गो उडान गर्दै आएको छ।
यस हवाईले कम्पनीले चारवटा एटिआर–७२ जहाज ल्याउनका लागि दुई वर्ष अगाडि नै नागरिक उड्डयान मन्त्रालयबाट अनुमति पाएको थियो। २१ वर्ष अगाडि सन् २००२ मा स्थापना भएको सीता एयर कम्पनीले सन् २००३ फेब्रुअरी ६ तारिखमा आफ्नो पहिलो व्यवसायिक उडान सुरु गरेको थियो। त्यतिखेर कम्पनीले जर्मन जहाज उत्पादक कम्पनीको एउटा डोर्नियर(डीओ–२२८ ) जहाज रहेको थियो।यश कम्पनीका अध्यक्ष नारायण मुन्धुरा र प्रबन्ध निर्देशक राजेन्द्रबहादुर बस्नेत रहेका छन्।


























