सिद्धार्थ क्यापिटल बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेड बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म निष्काशन गरेको आईपीओ सम्बन्धी सम्पूर्ण कार्य गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले ७ लाख ४४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गरेको हो ।