stcnepal long ad
himalayan life insurance long ad

३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकाबाटनेपाल भित्रिए 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यस वर्षको जनवरीदेखि हालसम्म नेपाल भित्रिएका पर्यटक मध्ये अमेरिकाबाट धेरै रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकाबाट भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ अनुसार १५ हजार ५६५ जना अमेरिकी पर्यटक रहेका छन् । खुल्ला सिमाका कारण भारतीय पर्यटकको तथ्याङक बढी भएपनि गुणस्तरीय पर्यटक भने चीन र बेलायतबाट समेत उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन् । जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका छन् ।

कोरोना भाइरस संक्रमणको दर कम हुदै गएपछि सरकारले पर्यटकका लागि आगमन खुल्ला गरेपछि पर्यटकको आगमनदर बृद्धि हुँदै गएको छ । अक्टोवरमा २३ हजार २८४ जना र सेक्टेम्बर महिनामा मात्र ३५ राष्ट्रबाट ९९९८ जना पर्यटक नेपाल भित्रिएका छन् । बोर्डको तथ्याङक अनुसार यस अघि जुलाइ महिनामा दुई हजार ९९१ आएका थिए भने अगस्टमा महिनामा छ हजार पर्यटक नेपाल आएको थियो ।