sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कात्तिक २२ गते गुराँस लघुवित्तको छैंठौं वार्षिक साधारण सभा 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गते सोमबार न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १६।९०५ बोनस सेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेदेखि नै बुक क्लोज गरिसकेको छ । कात्तिक ७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

prabhu bank
nawakantipur long