stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार सङ्ग्रहालयमा विदेशी पर्यटकको आवागमन बढे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार सङ्ग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ । ललितपुर महानगरपालिका–१६ स्थित सो सङ्ग्रहालय कोरोना महामारीेसँगै बन्द गरिएको थियो ।

कोरोनाको जोखिम कमभएसँगै गत भदौ २३ गतेदेखि सर्वसाधारणका लागि सङ्ग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो बन्दाबन्दी सकिएर सङ्ग्रहालय खुलेसँगै विदेशीको चहलपहल पाटनमा दिनानुदिन बढ्दै गइरहेको छ ।” आइतबारसम्म कूल ८०२ अन्य मुलुक व्यक्तिले सङ्ग्रहालय अवलोकन गरिसकेका उहाँले जानकारी दिनुभयो ।

भारत, चीन, इजरायल, अष्ट्रेलिया र स्पेनका पर्यटक दरबार क्षेत्र घुम्न आउने क्रम बढिरहेको एकद्वार पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिका प्रमुख सविना महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “सङग्रहालय भ्रमण गर्ने स्वदेशी आगन्तुकको सङ्ख्या पनि हरेक दिन बढी नै रहेको छ ।” खुलाइएको लगभग दुई महिनामा कूल पाँच हजार नौले सङ्ग्रहालय घुमेका उहाँले जानकारी गराउनुभयो ।

बिहान १० देखि साँझ साढे चारसम्म सङ्ग्रहालय खुला हुने गर्छ । दरबार क्षेत्रमा मानिसको चहलपहल बढेसँगै आफूहरु पनि दिनभरि घाम तापेर परिसरमा बस्ने गरेको सुन्धाराका आशाराम महर्जनले बताउनुभयो ।

तिहार नजिकिएसँगै दरबार क्षेत्रमा भीड वढेको छ । सङग्रहालय रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषित गरिसकेको छ । सो क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको सहरका नामलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ ।

पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्रका रूपमा दरबार क्षेत्रलाई लिइन्छ । यहाँ शिखरशैलीमा ढुङ्गाबाट निर्मित नेपालको एक मात्र २१ गजुर भएको कृष्ण मन्दिरका साथै भीमसेन अनि नरसिंह तथा जगत्नारायण आदिको मन्दिर छन् ।

सङग्रहालय रहेको पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ ।

पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छन् । पाटन दरबारमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई चीनको खासा अनि ल्हासा र भुटानको थिम्पुसम्म व्यापार हुने गर्छन् ।

सङग्रहालयभित्र साताँै शताब्दीको उमामहेश्वर मूर्तिको फलकका साथै १४ शताब्दीको विष्णुकमलाज अर्थात् लक्ष्मीनारायणको मूर्तिसमेत अवलोकन गर्न पाइन्छ ।

यसैगरी सङ्ग्रहालयमा छैटाँैदेखि २०औँ शताब्दीसम्मका प्रस्तर कलाका मूर्ति रहेका छन् । पाटन सङ्ग्रहालयभित्र सन् १६६६ को राजा श्री निवास मल्लको सिंहासन हेर्न सकिन्छ ।

दरबार सङ्ग्रहालय सेरोफेरोमा लिच्छविकालदेखिका अभिलेख अनि मूर्तिकला तथा स्थापत्य अर्थात् ढुङ्गेधारा र चैत्यका प्रमाणहरु पाइन्छन् । विसं २०१९ मा ललितपुर दरबारलाई जीवन्त राख्न तथा सर्वसाधारणका लागि खुला गर्ने उद्देश्यअनुरुप सङ्ग्रहालयमा परिणत गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पूर्वप्रमुख सन्दीप खनालले बताउनुभयो । रासस

prabhu mahalaxmi
kumari