stcnepal long ad
global ime bank long

पाटा नेपाल च्याप्टरका सिइओ सुरेशलाई पाटा फेस ‘अफ द एअर २०२०’ अवार्ड बाट सम्मान दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ले पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाललाई पाटा फेस ‘अफ द एअर २०२०’ अवार्डबाट सम्मान दिने भएकाे छ । पाटा अन्तरराष्ट्रियद्वारा प्रदान गरिने सो अवार्ड प्रशान्त एशिया क्षेत्रमा आबद्ध युवा पर्यटन व्यक्तिव बुडाललाई दिने निर्णय भएकाे हाे ।

पाटा अन्तरराष्ट्रियका प्रमुख कार्यकारी अधिकृत हार्डीले उक्त अवार्ड विजेताको रुपमा बुडाललाई बधाई ज्ञापन गर्दै नेपाली पर्यटन क्षेत्रमा पाटाको उद्देश्य र भावना अनुरुप दिगो तथा जिम्मेवार पर्यटन विकास र प्रर्वद्धनमा प्रशंसनीय काम गरेको बताए ।

हार्डीले पर्यटन शिक्षणमा समेत आबद्ध रहेका बुडाललाई मानव जनशक्ति विकास र युवा पुस्ताको शसक्तिकरणको महत्वबारे राम्रो बुझाई भएको र पाटाको दक्ष जनशक्ति निर्माण अभियान अन्तर्गत नेपालमा विविध कार्यक्रमहरु आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

पाटा नेपाल च्याप्टरका सिइओ बुडालले दिगो पर्यटन विकासका लागि कटिवद्ध एक अद्धितीय संस्था भएको बताउदै यस्तो संस्थामा काम गर्नु आफ्नो लागि पनि गौरवको विषय भएको बताए ।

पर्यटन व्यवस्थापनमा काठमाडौं एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीबाट स्नातकोत्तर गरेका बुडाल सन् २०१३ देखि पाटा नेपाल च्याप्टरमा कार्यरत छन ।

कार्यकारी अधिृकतको रुपमा पाटामा प्रवेश गरेका बुडालले आफ्नो बहुमुखी सीप तथा दक्षता प्रस्तुत गर्दै पाटाको युवा पुस्तासंगको आबद्धता, मानव संशाधन विकास देशको पर्यटन प्रर्वद्धन सदस्य संस्थाहरुको व्यापार तथा नेटवर्क प्रबद्र्धन गर्ने अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।

IME Lifesidebar
kumari