stcnepal long ad
global ime bank long

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौला कृषि विकास बैंकको अध्यक्ष नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंक अध्यक्षमा नियुक्त भएका छन् । निरौलालाई अर्थमन्त्रीको निर्णयबाट सरकारी स्वामित्वको कृषि विकास बैंकको अध्यक्षमा नियुक्त गरिएको हो ।

बुधबार बिहान उनी बैंकको सञ्चालक नियुक्त भएका थिए । त्यसपछि बसेको कृषि विकास बैंक सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो ।

निरौलासँग नेपाल राष्ट्र बैंकमा रहेर ३० वर्षसम्म नीति निर्माण तथा सुपरीवेक्षणमा काम गरेको अनुभव छ । उनी निवृत्त हुनुअघि केन्द्रीय बैंकका प्रवक्ता समेत थिए । गभर्नरको दौडमा रहेको चर्चा चलिरहेका बेला निरौलालाई अर्थ मन्त्री खतिवडाले कृषि विकास बैंकको अध्यक्ष बनाएका हुन् ।

IME Lifesidebar
kumari