citizens life insurance long ad
stcnepal long ad

परीक्षण उडानका लागि हिमालय एयरलाइन्स ल्हासातर्फ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गरेको छ । चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मङ्गलबार भएको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा तालिकावद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको एयरलाइन्सले जनाएको छ ।

मङ्गलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हिमालय एयरलाइन्सको जहाज ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा सफलता पूर्वक अवतरण गरेको छ ।
एयरलाइन्सका सञ्चालक उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरु सहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् ।

सन् २०१४ अगस्टमा एउटा विमान र एउटा गन्तव्यबाट सञ्चालन सुरु गरेको एअरलाइन्सले आफ्नो स्वामित्वमा चार वटा जहाज मार्फत सात वटा गन्तव्यमा उडान भर्दै आएको छ ।

IME Life
kumari