stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

चिनियाँ भिसा शुल्क तेब्बर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

मंगलबार, १३ फागुन २०७६

काठमाडौँ । नेपालमा पहिलो पटक चिनियाँ भिसा आवेदन केन्द्र खुलेसँगै भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनियाँ भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने छ । भिसा शुल्कभन्दा आवेदन केन्द्रले दिने सेवा शुल्क बढी बुझाउनुपर्ने भएपछि शुल्क बढेको हो ।

अब नियमित भिसा लिने नेपालीले २ हजार २ सय र सेवा शुल्क बापत ३ हजार ९ सय बुझाउनुपर्ने हुन्छ । त्यस्तै, एक्सप्रेस–२ भिसाका लागि ४ हजार ९ सय र सेवा शुल्क ५ हजार ८ सय ५० बुझाउनुपर्ने भएको छ । एक्सप्रेस–१ भिसाका लागि ६ हजार २ सय र सेवा शुल्क ७ हजार ८ सय तिर्नुपर्ने हुन्छ । नियमिततर्फ चार दिन, एक्सप्रेस–२ तर्फ तीन दिन र एक्सप्रेस–१ तर्फ दुई दिनमा भिसा पाउन सकिन्छ । यसअघि एक नेपालीले एकल प्रवेशमा चिनियाँ भिसाका लागि आवेदन दिँदा नियमिततर्फ २ हजार २ सय रुपैयाँ, एक्सप्रेस–२ तर्फ ४ हजार ९ सय र एक्सप्रेस–१ तर्फ ६ हजार २ सय नेपाली रुपैयाँ बुझाए पुग्थ्यो । त्यसैगरी, दुई पटक प्रवेश, आधा वर्षको अवधिमा धेरै पटक प्रवेश, एक वर्षको अवधिमा धेरै पटक प्रवेश र समूहगत प्रवेशका लागि भने सेवा शुल्क मात्र थप गरिएको छ ।

दुई देशका नागरिकको आवतजावत बढ्न थालेको भन्दै चीनले काठमाडौंस्थित कमलादीमा सोमबारबाट सञ्चालनमा आउने गरी चिनियाँ भिसा आवेदन केन्द्र सुरु गरेको हो । केन्द्रको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । आवेदन केन्द्रका निर्देशक चाङ चिगोङले बेलायत, फ्रान्स, अस्ट्रेलियाको तुलनामा केन्द्रले नेपालीका लागि कम सेवा शुल्क लिएको जनाए । यसअघि ४५ देशका ९१ स्थानमा चिनियाँ भिसा आवेदन केन्द्र खुलिसकेका छन् ।                                                                                                आजको कान्तिपुर दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari