citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

फागुन १९ देखि नेपाल वायुसेवा निगमले जापानको नारिता उडान भर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले आज एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
निगमको जहाज बिहान १ः२५ बजे त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलदेखि उडान गरिने र सोही दिन अपरान्ह् ६ः२५ बजे काठमाडौँमा अवतरण गर्ने कार्यतालिका पनि बनाइएको छ । हालका लागि प्रवद्र्धनात्मक भाडा दर काठमाडौँबाट नारिताका लागि एकतर्फी रु ३७ हजार र दुईतर्फी भाडा रु ७३ हजार निर्धारण गरिएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५र२५ किलोका दुई ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३र२३ किलोका दुई ब्यागेजको सुविधा पाउने छन् ।
नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले ट्रान्जिटको झन्झट समाप्त हुनेछ । नारिता उडानका लागि यात्रुको उत्साहवद्र्धक बुकिङ भइरहेको निगमको वाणिज्य विभागले उल्लेख गरेको छ । मुख्य पर्यटकीय मौसम भएकाले पनि यात्रुको आवतजावत राम्रै हुने निगमको अपेक्षा रहेको छ ।

gold
himalayan life insurance long ad