युनियन लाइफ इन्सुरेन्सको नाफा २६२.९३५ ले बढ्यो

काठमाडौ । युनियन लाइफ इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमाससम्ममा २२ करोड ३८ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २६२.९३५ धेरै हो । गत वर्ष यसले ६ करोड १६ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । युनियनले पुस मसान्तसम्म २ अर्ब ३७ करोड १६ लाख ९५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १३०.७७५ ले धेरै हो ।
गत वर्ष यसले १ अर्ब २ करोड ६७ लाख ९० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले कुल ४३ करोड २७ लाख ४८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ५६ करोड २६ लाख ९० हजार रुपैयाँ छ ।
यसले जीवन बिमा कोष पनि ९५ करोड ३३ लाख रुपैयाँबाट बढाएर ३ अर्ब ३७ करोड ७१ लाख ८० हजार रुपैयाँ पुर्याएको छ । युनियनले महाविपत्ति कोषमा ६ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले आइपीओ जारी गर्ने तयारी गरेको छ ।