stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल वायुसेवा निगमको न्यारोबडी झन्डै पाँच महिनापछि उडानमा फर्कियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ। । नेपाल वायुसेवा निगमले पुस २७ गते इन्जिन मर्मत गर्न इजरायल पठाएको न्यारोबडी जहाज शनिबार राति काठमाडौं अवतरण भएको हो । इन्जिनमा समस्या देखिएपछि २०८० मंसिर १४ गतेदेखि उडान नभएको जहाज ममर्तपछि काठमाडौं आएको छ ।

इन्जिनमा समस्या देखिएपछि यो जहाज २०८० मंसिर १४ गतेदेखि उडानमा थिएन । निगमका प्रवक्ता रमेश पौडेलद्वारा आइतबार जारी विज्ञप्ति अनुसार, इन्जिनको मर्मत सकिएर गत सोमबार दुबई हुँदै यात्रु राखेर आउनुपर्ने जहाजको ल्याण्डिङ गियरको अल्टरनेट ब्रेकिङ सिस्टममा समस्या देखिएपछि नेपाल आउन एक साता ढिलाई भएको हो ।

निगमले न्यारोबडी जहाजको मर्मत गर्न इजरायलको ‘इजरायल एरोस्पेस इन्डस्ट्रीज ९आइएआई० सँग सार्वजनिक खरिद ऐनअनुसार एमआरोओ सम्झौता गरेको थियो ।

सम्झौताअनुसार, जहाज एक महिनाभित्रै मर्मत गरेर फर्किनुपर्ने प्रावधान ठेक्का सम्झौतामा उल्लेख भए पनि यो विमान झन्डै १ सय ९ औं दिनमा नेपाल आइपुगेको छ ।

यो विमान इन्जिनमा समस्या देखिएपछि मंसिर ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड गरिएको थियो । इन्जिन नै झिकेर मर्मत गर्नुपर्ने भएपछि पुस २६ गते निगमले यो विमानलाई काठमाडौंबाट दुबई हुँदै इजरायल पठाएको थियो ।

यो विमानको मर्मत खर्चबारे निगमका अधिकारीहरुले आधिकारिक बिल इजरायलबाट प्राप्त भइनसकेको भने । जहाज फर्किएसँगै अब निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुइटा न्यारो र दुइटा वाइडबडी जहाज रहेका छन् । निगमले यो जहाजको प्राप्तिसँगै यात्रुको चाप र बजार मागलाई अब सम्बोधन गर्ने जनाएको छ ।

prabhu mahalaxmi
kumari