stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लगानी सम्मेलनको दोस्रो दिन आज विभिन्न सत्रमा छलफल गरिँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिजोदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनमा आज विभिन्न सत्रमा लगानीकर्तासँग छलफल हुनेछ । सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् ।

पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल हुनेछ । सो छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीलगायत वक्ता छन् ।

त्यस्तै, ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुख्य वक्ता रहेका छन् ।

‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानीकर्तासँग छलफल गर्ने छन् ।

‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ वक्ता रहनेछन् ।

सो सत्रमा राष्ट्रिय योजना आयोका सदस्य प्रा.डा. संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापा र प्राध्यापक डा. सुरेशराज आचार्यलगायत वक्ता रहेका छन् ।

अन्तिममा समापन सत्रमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यतालिका छ ।

prabhu mahalaxmi
kumari