stcnepal long ad
global ime bank long

नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने

न्यारो बडीबाट आइतबारदेखि नियमित उडान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ । इन्जिन मर्मतका लागि इजरायल पुगेको जहाज यसअघि सोमबार नेपाल आइपुग्ने उडान तालिका रहेको थियो ।

निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इन्जिन मर्मतपछि नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा देखिएको समस्या समाधान भइरहेको र आइतबारदेखि नियमित उडान हुने एक साता ढिलो गरी नेपाल आउन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई) ले वैशाख १० मा जहाजको इन्जिन मर्मत गरेर हस्तान्तरण गरिसकेको छ । नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा समस्या देखिएपछि पूर्वतालिका अनुसार जहाज नेपाल आउन सकेन । अब शनिबारसम्म जहाज नेपाल आइपुग्छ ।”

प्रवक्ता पुनका अनुसार इजरायलबाट दुबई हुँदै नेपाल जहाजले दुबईबाट यात्रुसहित व्यावसायिक उडान गरेर नेपाल आउने छ । उक्त जहाज दायाँ इन्जिन बिग्रेर पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको थियो ।

पुस २६ गते इजरायल पठाउनुअघि उक्त जहाज झन्डै डेढ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो । न्यारो बडी जहाज लामो समय ग्राउन्डेड हुँदा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दै आएको छ ।

IME Lifesidebar
kumari