stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालमा ल्याइएको छ । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविर नजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुट नजिकै भएर नयाँ बाटो तयार पारिएको हो ।

उहाँले भन्नुभयो, “सगरमाथा आरोहणका लागि बाटो बनाउन गएका आठ जना अनुभवी ‘आइसफल डाक्टर’ (हिमालमा बाटो बनाउने मान्छे) शेर्पाले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो तयार पारेका छन् ।

यस पटक विगतका वर्षमा प्रयोग भएको रुटमा हिउँ अस्थिर देखिएकाले पुरानो रुटनजिकै भएर दोस्रो शिविरसम्मको ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) पूरा भएको छ ।” सन् २०१३ देखि सन् २०१४ सम्म प्रयोग भएको बाटोमा हिउँको अवस्था अस्थिर देखिएकाले नयाँ बाटो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) बाट चैत १ गते आधार शिविरमा क्षमा पूजा गरी हिउँ कुल्चिएर अघि बढेका आठ जना अनुभवी शेर्पाको समूहले दोस्रो शिविरसम्मको बाटो तयार पारेर आधार शिविर फर्किएका छन् ।

दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा यस पटक पर्वतारोहण सञ्चालक सङ्घका तर्फबाट ‘सेभेन समिट टे«क्स’ ले पाएको छ । सेभेन समिट ट्रेक्सका देन्डी शेर्पाको नेतृत्वको १० जना आइसफल डाक्टरको टोली दोस्रो आधार शिविरदेखि चुचुरोसम्मको बाटो बनाउने तयारीमा लागेको उहाँले बताउनुभयो ।

एसपिसिसीले विसं २०५४ देखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर दोस्रो शिविरसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ ।

आधार शिविरबाट दोस्रो शिविरसम्म पुग्ने बाटोमा रहेको खुम्बु आइसफललगायतका ठाउँको बाटो बनाउन निकै अप्ठ्यारो मानिन्छ । ल्होत्से र नुप्से हिमाल आरोहणको समेत सोही बाटो प्रयोग गर्ने भएकाले समय समयमा बिग्रिइरहने यो बाटो बनाउन धेरै भ¥याङ, डोरी र समय लाग्ने गरेको छ ।

सगरमाथा आरोहण गर्नुअघि आरोहीहरू आधार शिविरबाट दोस्रो शिविरसम्म पटक पटक आवतजावतमा प्रयोग हुने यो बाटो बिग्रिरहने भएकोले बाटो बनाउन समय लाग्ने गरेको हो ।

prabhu mahalaxmi
kumari