evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति विनै आजियटाले शेयर बेच्ने घोषणा गरेपछि लेख्यो एनसेललाई पत्र

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारी विनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेको खुलेको छ । प्राधिकरणले शुक्रबार एनसेल आजियटालाई पत्र लेखेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री गर्ने तयारी गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्ना शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

एनसेलको शेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भन्ने विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा समाचार समेत प्रकाशित भइरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको प्राधिकरणले बताएको छ ।

बुधबारमात्रै मलेसियाको आजियटा कम्पनीले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय सार्वजनिक गरेको थियो ।

आजियटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ ।

एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियटाले नेपाल छाड्न लागेको चर्चासमेत छ । एनसेलको नेपाली साझेदार सुनिभेरा क्यापिटल भेन्चर हो । भेन्चरको २० प्रतिशत शेयर छ ।

himalayan life insurance
igi long