citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

बुद्ध एयरको राजविराज दैनिक उडान सुरु

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले शनिबारदेखि प्रदेश नम्बर २ को राजविराजमा नियमित उडान सुरु गरेको छ । बुद्ध एयरले एटिआर ७२ जहाज मार्फत काठमाडौं राजविराज उडान सेवा सुरु गरेका छन । काठमाडौंबाट बिहान ११ बजेर २५ मिनेटमा उडान हुने छ भने राजविराजबाट सोही दिन १२.२० मा काठमाडौं फिर्ता हुने छ । काठमाडौं राजविराज हवाई भाडा भने प्रमोशन फेयर प्रतिदिन एक उडानको २५ सय रुपैयाँ रहेको छ । टिकट खरिद भने मोबाईल एप मार्फत लिन सक्नेछन । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई थप हवाई सुविधा पुग्ने बुद्ध एयरले जानकारी दिएको छ । राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराह क्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने विश्वास रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank