stcnepal long ad
ime life insurance
global ime bank long

शिखर इन्स्योरेन्सलाई हकप्रद निष्काशनको अनुमति

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नियामक निकाय बीमा समितिले चुक्ता पुँजी तोकिदिए पछि बीमा कम्पनीहरु आईपीओ र हकप्रद शेयर जारी गर्दैछन् । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन अनुमति दिएको छ । शिखर इन्स्योरेन्सले माघ १४ गते १० बराबर ३ अनुपातमा प्रति शेयर १०० अंकित मूल्यका ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
शिखर इन्स्योरेन्सले ठूला जोखिम तथा सम्पत्तिहरुको बीमा गर्दा कम्पनीको बहन क्षमता विकास गर्न नेटवर्थलाई थप वृद्धि गर्न आवश्यक भएका कारण चुक्ता पूँजी वृद्धि गर्नुपर्ने भएकोले हकप्रद निष्काशन गरी चुक्ता पूँजी बढाउन लागेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ । हकप्रद बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ । शिखर इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न भएको चौधौं वार्षिक साधारण सभाबाट हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो । हकप्रद शेयर बिक्री गर्ने जिम्मेवारी एनआईबिएल क्यापिटललाई दिइएको छ ।

prabhu mahalaxmi
kumari