stcnepal long ad
global ime bank long

दुई दशकदेखि बन्द हेटौँडा (काठमाडौँ (रोपवे) पुनः सञ्चालन !

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आइतबार, १९ माघ २०७६ काठमाडौँ । विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा (काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले यसको तयारी स्वरूप अध्ययन थालेको छ । कुनै बेला तराईबाट आयातित सामान हेटौँडा हुँदै काठमाडौँसम्म ढुवानीको भरपर्दो साधनका रूपमा रहेको (रोपवे) लाई बागमती प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी थालेको छ । रोपवे २०५६ सालदेखि पूर्ण रूपमा बन्द छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुककै यातायातको इतिहाससँग जोडिएको हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको बताए । (रोपवे) मुलुकको यातायात तथा ढुवानी साधनको इतिहाससँग समेत जोडिएको छ । इतिहासको संरक्षणका साथै पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेकाले प्रदेश सरकारले यसलाई पुनः सञ्चालन गर्नेछ,’ पौडेलले भने, ‘अध्ययनले दिएको प्रतिवेदनका आधारमा थप काम अगाडि बढाइनेछ ।’ हेटौँडादेखि काठमाडौँसम्म कुल लम्बाइ ४२.२ किलोमिटर रहेको रोपवे २०५६ सालमा बिग्रिँदा चार लाख रुपियाँको अभावमा मर्मत सम्भार हुन नसक्दा बन्द भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०५९ सालमा यसलाई खारेज नै गरेको थियो ।आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari