stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । व्यावसायिक कारण देखाउँदै गत जेठबाट उडान रोकेको कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान गर्ने भएको छ ।

गत वर्ष जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएकै दिनदेखि गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको जजिराले कात्तिक १५ गतेदेखि उडान गर्ने तयारी गरेको छ । प्रतिकूल मौसमसहित आन्तरिक कारण देखाउँदै गत पुस ६ देखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः  फागुन २५ देखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ देखि उडान रोकेको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार जजिराले हिउँदे उडान तालिका अनुसार नोभेम्बर पहिलो तारिख (कात्तिक १५) देखि उडान गर्न चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आन्तरिक कारण देखाउँदै हाललाई उडान बन्द गरेको जजिराले पहिलेकै उडान तालिका अनुसार पुनः उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृतका लागि पत्र पठाएको सुन्नमा आएको आएको छ । स्वीकृतिको प्रक्रिया पूरा भएपछि पुनः उडान गर्ने अपेक्षा छ ।”

यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधबार र शुक्रबार कुवेत भैरहवा उडान गर्दै आएको थियो । जजिरालाई हवाई रुटको समस्या नरहेको बताउँदै महाप्रबन्धक पाण्डेले कुवेत–काठमाडौँ–कुवेत हवाई रुटभन्दा कुवेत–भैरहवा–कुवेत हवाई रुट झन्डै दुई घण्टा छोटो रहेको समेत बताउनुभयो ।

prabhu mahalaxmi
kumari