stcnepal long ad
ime life insurance
national life
global ime bank long

भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उड्न पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमले मंगलबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्नेगरी टिकट बुकिङ् खुलाएको छ।

हप्ताको एक दिन मंगलबार एक उडानबाट सेवा सुरु गरेर मागको आधारमा उडानको संख्या थप्दै लगिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो।

भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङ्गकङ्गको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन्।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्य सम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यववस्था मिलाइने पौडेलले बताउनुभयो।

IME Lifesidebar
kumari