sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

जर्मन बुन्डेस लिगाः पार्डाबोनविरुद्ध बोरुसियाको सहज जित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

 

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित दर्ता गरेको छ । उपाधि दाबेदार मानिएको डर्टमण्डले गएराति पार्डाबोनलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको जितमा जाडोन सान्चोले ह्याट्रिक गरे । यस्तै थोर्गन हाजार्ड, अच्राफ हाकिमी र मार्सेल स्मेल्जर एक एक गोल गरे । पार्डाबोनका उवे हुएनेमिरले एक गोल फर्काए ।

मुख्य स्ट्राइकर अर्लिङ हालाण्डबिना मैदान उत्रिएको डर्टमण्डले सबै गोल दोस्रो हाफमा गरेको हो । हालाण्ड चोटका कारण मैदान उत्रिएका थिएनन् ।

तुलनात्मक कमजोर टिमविरुद्ध डर्टमण्डले ५४ औं मिनेटमा हाजार्डको गोलबाट अग्रता बनाएको थियो । ५७ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर बनाए ।

७२ औं मिनेटमा घरेलु टोलीका हुएनेमिरले पेनाल्टी गोल गर्दै खेल २–१ मा ल्याए ।

७४ औं मिनेटमा सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि अन्तिम पाँच मिनेट भित्र डर्टमण्डले थप तीन गोल गर्यो । ८५ औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमण्डको अग्रता ४–१ को बनाए ।

८९ औं मिनेटमा स्मेल्जरले गोल गर्दा डर्टमण्डको अग्रता ५–१ को बन्यो । थप गरिएको इन्जुरी समयमा सान्चोले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि डर्टमण्ड ६–१ ले विजयी भयो ।

पार्डाबोन विरुद्धको जितसँगै डर्टमण्डले लिग लिडर बायर्न म्युनिखसँगको अंक दुरी घटाएको छ । जितपछि डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको हो ।

डर्टमण्डको २९ खेलमा ६० अंक रहेको छ । बायर्नको ६७ अंक रहेको छ । पुछारमा रहेको पार्डाबोनको १९ अंक रहेको छ ।

gold
kumari bank
nawakantipur long