stcnepal long ad
himalayan Everest Insurance long ad

म्यानचेस्टर सिटीले जित्यो एफए कपको सातौं उपाधि

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एफए कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले शनिबार खेलिएको फाइनलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

म्यानचेस्टर सिटीको प्रतिस्पर्धात्मक जितमा जर्मन मिडफिल्डर इल्के गुन्डोगन नायक बने । टोलीका लागि दुबै गोल ३२ वर्षीय गुन्डोगनले नै गरेका थिए । उनले खेल सुरु भएको पहिलो मिनेटमै टोलीलाई अग्रता दिलाएका थिए ।

निर्धारित समयको ३३औं मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले जवाफी गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि पहिलो हाफ १—१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको ५१औं मिनेटमा गुन्डोगनले ब्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि म्यानचेस्टर सिटी च्याम्पियन बन्यो ।

म्यानचेस्टर सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो । जारी सिजनमा म्यानचेस्टर सिटीले जितेको यो दोस्रो महत्वपूर्ण उपाधि हो ।

यसअघि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि पनि चुमेको थियो । अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी छ ।

च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले इटालियन सिरिए क्लब इन्टर मिलानसँग भिडन्त गर्नेछ ।

२१ जेठ २०८०, आइतवार ०७:०० बजे प्रकाशित

NTA long ad