stcnepal long ad
global ime bank long

पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार

काठमाडौँ  । नेपाल भलिबल सङ्घले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो ।

प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताउनु भयो । यसअघि सो लिग वैशाख २५ देखि जेठ १ गतेसम्म हुने तय गरिएको थियो । “अहिलेको अवस्थामा कुनै पनि प्रतियोगिता गर्न सकिने अवस्था छैन”, महासचिव चन्दले भन्नुभयो, “पछि सङ्घको बैठकबाट प्रतियोगिताको छिनोफानो गछौँ ।”

पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष तथा छ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो । “कोरोना भाइरसका कारण सङ्घको खेल तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आयो”, उहाँले भन्नुभयो ।(रासस) :

IME Lifesidebar
kumari